इलामःनेकपा ९एकिकृत समाजवादी० इलाम–काठमाण्डौ सम्पर्क मञ्चले छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । काठमाण्डौको बुद्धनगर स्थित साहना प्रधान प्रतिष्ठानको कार्यालयमा प्रदेश नम्बर १ की सांसद खिनु लङ्वा लिम्बुको प्रमुख आतिथ्यतामा पार्टीको आगामी कार्यदिशाको बारेमा छलफल भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख आतिथि लङ्वाले केपि ओली प्रवृत्तिले विसर्जन गरेको नेपालको कम्युनिस्ट आन्दोलनलाई अबका दिनमा एकीकृत समाजवादी पार्टी नै एक मात्र विकल्प रहेको बताइन् । हिजोका दिनमा एमालेमा रहदा गम्भीर भुल गरेका ओलीलाई ईतिहासले एक दिन जवाफ माग्ने र ती सबै कामले पु¥याएको क्षतिको पुर्ती पनि उनैबाट असुल्ने पर्ने धारणा राखिन् ।



पार्टीलाई मजबुत बनाउन सम्पुर्ण युवाहरुलाई विषेश आग्रह गर्दै वडा तह सम्मै अब पार्टीको पुनर्गठन हुने भएकाले इलामको अवस्था देशभरमै विशेष हुने उनले बताइन् । सुर्योदय नगरपालिका भित्र नयाँ पार्टीको अवस्था बारे आफ्नो धारणा राख्दै एकिकृत समाजवादीका नेता एवम सूर्योदय नगर प्रमुख रण बहादुर राईले आफुले अन्तिम समय सम्म पनि केन्द्रीय स्तर देखि जिल्ला हुँदै स्थानीय तह सम्मै पार्टीलाई एक ढिक्का राख्न प्रयत्न गरेपनि सफल हुन नसकेको धारणा राखे ।
आगामी दिनमा अझ विश्वासिलो वातावरणमा स्थानिय तहमा जनताको कार्यलाई निरन्तरता दिदै नयाँ पार्टीलाई हुर्काउदै फलाउदै फुलाउदै जानुको विकल्प नरहेको बताए । कार्यक्रममा युवा संघ नेपालको तर्फबाट देशै भरिका युवाहरुको अवस्थालाई अवगत गराउन साथै स्वागत मन्तब्य राखेका उपमहासचिव सन्जिप राईले यो अहिलेको अवस्थालाई अवसरको रुपमा लिएर स्पष्ट संकल्पका साथ एक ढिक्का भएर लागे कुनै पनि प्रतिगामी शक्तिले चलमल गर्न सक्ने अवस्था नरहने धारणा राखे ।
कार्यक्रम मञ्चका अध्यक्ष तुलसी बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कुनाल राईले जानकारी दिए ।

