एमालेका अध्यक्ष ओलीलाई पितृ शोक

द्वारा प्रकाशित गरिएको हो |
२०८२ फाल्गुन २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, फागुन २९ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।

अस्पतालका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ । साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय