प्रेम अधिकारी,फिक्कलःनेपाली कांग्रेसको १४ औं महाधिबेसनको पूर्व सन्ध्यामा इलामको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा काग्रेसका युवा नेता मिलन क्षेत्रीले आफनो उम्मेदवारी घोषणा गर्नु भएको छ ।
नेपाली कांग्रेसलाई सबैको साझा बनाउने लक्ष्यका साथ क्षेत्रीले गुठ सहित समुह मार्फत पूर्व राज्यमन्त्री तथा पूर्व जिल्ला सभापति केशव थापाको सर्मथनमा क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।
क्षेत्री बिगत २८ बर्ष देखि नेपाली कांग्रेसको क्रियासिल सदस्य रहि पार्टीलाई योगदान गर्दै आउनु भएको छ । तरुणदल जिल्ला सदस्य हुँदै साविक पशुपतिनगर गाउँ बिकास समितिको दुई कार्यकाल पार्टी सभापतिको भूमीका निर्वाह गर्नु भएका क्षेत्रीले दुई कार्यकाल सफलता पूर्वक दुई कार्यकाल क्षेत्रीय सचिवको जिम्मेवारी निर्वाह गरी सक्नु भएको छ । उहा १३ औं महाधिवेसनमा वर्तमान क्षेत्रीय सभापति दुर्गा बराल संग पराजित बन्नु भएको थियोे । उम्मेदवारी घोषणा गर्दै क्षेत्रीले आफु क्षेत्रीय सभापति बनेमा कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढने प्रतिवद्धता जनाउनु भएको छ ।
उहाको नेतृत्वको क्षेत्रीय सचिवमा माईजोगमाई गाउँपालिकाका बर्तमान पार्टी सचिव तारा अधिकारी र दानाबारीका काग्रेस युवा नेता एन्जेस एक्तेन रहनु भएको छ ।
अधिकारीले माईजोगमाईको पार्टी सचिवमा रहदा उल्लेखीय भूमीका खेली काग्रेसलाई अग्रगतिमा लैजान महत्वपूर्ण जिम्मेवारी पुरा गनुृ भएको छ । उहाले बिद्यार्थीकाल देखि नेबिसंघको राजनीति शुरु गर्नु भएको थियो । एक्तेन बिद्यार्थी काल देखि पाटीृलाइृ बलियो बनाउन भूमीका खेल्दै आउनु भएका नेतामा गनिनु हुन्छ ।
उक्त प्यानलबाट प्रदेश निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा नेपाल महिला संघकी क्षेत्रीय अध्यक्ष पुनम गुरुङले उम्मेदवारी दिनु भएको छ ।



उहाको टिमबाट पुराना काग्रेस नेता खड्ग बहादुर महतले उम्मेदवारी दिनु भएको छ । सचिवको टुंगो लागेको छैन भने सह सचिवमा जोगमाईका कृष्ण बहादुर राईले उम्मेदवारी दिनु भएको छ ।
यस्तै प्रदेश निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ को सभापतिमा माई नगरपालिकाका युवा सुवक श्रेष्ठले आफनो उम्मेदवारी घोषणा गर्नु भएको छ । उपाध्यक्ष, सचिव र सह सचिव सहितको प्यानले सभापतिका उम्मेदवार श्रेष्ठले घोषणा गर्नु हुने छ ।

