लकडाउन मात्र हो, संकटकाल होईन तिमी बाच भनेर सरकारले घरभित्र बस्नु भनेको मात्र हो । हामी संकटमा छैनौं घरमा छौं । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसले यतिबेला मानवीय क्षति व्यहोर्नु परेको छ शक्ति राष्ट्रहरु जनतासंग आश्रित भएका छन् ।
जनताको सहयोगले मात्र आफ्नो अस्तित्व जोगाउन सक्ने देखिन्छ। उनिहरु अहिले एकअर्कालाई आरोपप्रत्यारोप लगाउन उद्द्दत देखिन्छन् । भोली छानबिन होला मानव निर्मित हो या प्राकृतिक भाइरस हो तर जे होस् अहिलेको अवस्थामा सुरक्षित हुनु नै राम्रो हो। नेपालमा पनि दिनप्रतिदिन संक्रमितको संख्या बढ्दो छ सबैलाई थाहाँ छ । विमान चडेर आयो कोरोना नेपाली आउँदा होस् या बिदेशी आउँदा । यतिबेला सामाजिक संजाल तातिएको छ विषय हो राहत बितरणको। सामाजिक अभियान्ता ,सामाजिक संजाल प्रयोग कर्ता र समाजका ब्यक्तिहरुबाट तिनतहको सरकार जनताका लागि बेकार ।
हामीले धेरै ठुला आन्दोलन ,द्वन्द्व र भयको सामना गरेका छौं १२ बर्ष जनयुद्ध ,६२ र ६३ को जनआन्दोलन ती विषम परिस्थितिमा सबै एकजुट भएर मुलुकको परिवर्तनका लागि लागेको थियो।६२र६३ को १९ दिने जनआन्दोलन आजको अवस्था भन्दा अझ जटिल र समस्या ग्रस्त थियो । अधिकार प्राप्त गर्न झन्डै १ महिना संघर्ष गरेको इतिहास हाम्रै जिवनकालमा भोगेकै हो । प्रबिधिको युगमा छौ हामी अहिले बिश्वका घटनाक्रम लाई नजिकबाट हेरेकै छौ,आज लकडाउन भएको १५ दिन भएको छैन हिजो आफ्नो ज्यानको बाजि लगाएर सडकमा निस्केर तत्कालीन ब्यबस्था विरुद्ध होमिएका हामी आज आफ्नो ज्यानको लागि घरमा बस्न सक्दैनौं ।
बिश्वयुद्ध जितेजस्तो राज्यको आदेश नमान्ने ? हामी कस्का लागि ? प्रश्नहरु पनि हुन् ।हामीलाई थाहा छ त्यो समयमा कसैले पनि राहतका नाममा पोका बोकेर हिड्नु परेको थिएन ,कोहि खान नपाएर भोकै परेको समाचार पढ्नु परेको थिएन। गाडीघोडा ,रोजगारी भने जति थिएन तर पनि हामी बाचेकै थियौ ।अहिले प्रसस्त रोजाईको अवसर छ । वैदेशिक रोजगार स्थानीय क्षेत्रमा रोजगारी,ब्यबसाय प्रशस्त मात्रामा छ। बिश्वमा यतिबेला लास उठाउन र अन्तेस्टी गर्न धौधौ देखिन्छ । भोली नेपालमा त्यो अवस्था आउन्न भन्ने निश्चितता छैन ।स्थानीय सरकारले राहत बितरण गरेन भनेर आक्रोश पोखेको देखिन्छ ।
चीन,अमेरिका,इटालीका देशमा जस्तो अवस्था आएमा हामी के गर्ने ? यतिबेला स्थानीय जनता सचेत हुने ,दानबिरहरु समाज संग घुलमिल हुने र राज्यलाई सहयोग गर्ने बेला हो। बरु अैचो पैचो गरौं । दान दिन वा सहयोग गर्न सकिदैन भने परिवारलाई साँची राखेर पैसा सापटी दिऔं । बाचे फिर्ता लिने मरे पुन्य कमाउने । धर्मका नाममा बनाउने मन्दिरमा गर्ने खर्च मानव जातीको रक्षाका निम्ति लगानी गरौं । नेपाली हामी रहौला कहाँ नेपालै नरहे भने झै हामी नै नरहे हाम्रो सम्पत्ति कस्कालागि रुआफू बाचौं,नेपाल र नेपाली संगै बाच्छ।अब कुरा रहयो बिपन्न बर्गको सबैलाई थाहा छ मजदुरी गर्ने मान्छे नै बिपन्न बर्गमा गनिएको छ।एउटा मजदुरी गर्ने ब्यक्ति दिनमा १ हजार भन्दा बढी कमाउछ तर २ देखि ३ जना सम्म रोजगारीमा भएको पाइन्छ । त्यही घरमा जाने हो भने र बजार, बाटो, भट्टी पसलमा जादाँ त्यही बर्ग भेटिन्छ । दुःखद कुरा हुन्छ राज्यले जनता आवास कार्यक्रम मार्फत त्यही बर्गलाई घर निर्माण गरिदिएको छ।राज्यले स्थानीय सरकारको गठनसँगै टोल बिकास समिती गठन गरेको छ, गाउँ–गाउँमा क्लब सक्रिय छन् । उनिहरु विभिन्न कार्यक्रमको नाममा राज्यबाट सहयोग लिने मात्रको लागि निर्माण भएका पक्कै होईन । जहाँ जो छौ सहयोग गरौं । जनताको सरकार हाम्रो देश सबैले सहयोग गरौं ।