इलामसहित कोशीका ३३ जना चिया तालिम लिन चीन जाँदै

द्वारा प्रकाशित गरिएको हो |
२०८१ मंसिर १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम– इलामसहित कोशी प्रदेशका विभिन्न जिल्लाका चिया सरोकारवाला छिमेकी मुलुक चीनमा तालिमका लागि जाने भएका छन् ।

यहाँका ३३ जना ५ डिसेम्बर २०२४ (मंसिर २० गते) मा २१ दिनका लागि चीनको फुजियान जान लागेका हुन् ।

ग्वान्जाओस्थित ग्वान्जाओ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीमा उनीहरूले चियासम्बन्धी तालिम लिनेछन् । इलाम क्षेत्र २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङको पहलमा आफूहरु त्यहाँ जान लागेको टोलीका एक सदस्यले बताए ।

‘तालिमले इलामलगायत कोशी प्रदेशकै चियालाई नमुना बन्न सहयोग पुग्ने आशा छ,’ नेम्बाङले भनेका छन्, ‘चियाका सरोकारवालासँग कुरा गर्दा जुन समस्या र व्यक्त भएका थिए, कतिपय समस्या यही तालिममार्फत् समाधान हुन्छन् भन्ने लागेको छ ।’ frompalikapage

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय