स्वास्थ्य शिविरः १९७ जनालाई स्वास्थ्य सेवा, ४४ जनाले गरे रक्तदान

द्वारा प्रकाशित गरिएको हो |
२०८३ असार २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलामको सूर्योदय नगरपालिका वडा नं १३ र १४ का नागरिकलाई लक्षित गरी आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

सेवा नै धर्म हो भन्ने मूल नाराका साथ सामाजिक सेवामा सक्रिय युथ ग्रुप (स्वतन्त्र नागरिक शक्ति)को आयोजनामा तथा श्रीनिधि अस्पतालको सहआयोजनामा शनिबार माङखिम भवन, उत्तरी भन्ज्याङमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सूर्योदय जेसिजले सहयोग गरेको थियो।

शिविरबाट १९७ जनाले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा मुटुसम्बन्धी ईसीजी सेवा, कोलेस्ट्रोल परीक्षण, रक्तचाप (प्रेसर) जाँच, सुगर परीक्षणलगायतका स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिएको श्रीनिधि अस्पतालका सञ्चालक विवेश अधिकारीले जानकारी दिनुभएको छ ।

कार्यक्रमअन्तर्गत आयोजित रक्तदान कार्यक्रममा १४ महिला र ३० पुरुष गरी ४४ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्ने सबै दाताको रक्त समूह (ब्लड ग्रुप) समेत निःशुल्क परीक्षण गरिएको थियो।

आयोजक समितिका अध्यक्ष प्रबिन बिसीले स्थानीयवासीको उत्साहजनक सहभागिताका कारण कार्यक्रम सफल भएको बताउँदै स्वास्थ्य सेवा र रक्तदानमार्फत समुदायमा सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सूर्योदय नगरपालिका १४ नम्बरका वडाध्यक्ष बलबहादुर समालले नागरीकको स्वास्थ्य जाँज गर्ने कार्यक्रम आफैँम पवित्र भएको भन्दै आयोजक युथ ग्रुपलाई धन्यवाद दिनुभएको छ । (युथ ग्रुप )स्वतन्त्र नागरिक शक्ति)ले स्थापना कालदेखि नै विपन्न तथा असहाय नागरिकको उपचारका लागि आर्थिक सहयोग अभियान सञ्चालन गर्नुका साथै विभिन्न सामाजिक सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय