सूर्योदय–१३ र १४ मा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम गर्दै युथ ग्रुप

द्वारा प्रकाशित गरिएको हो |
२०८३ असार २२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलामको सूर्योदय नगरपालिका वडा नं १३ र १४ का नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।

सेवा नै धर्म हो भन्ने मूल नाराका साथ सामाजिक सेवामा सक्रिय युथ ग्रुप (स्वतन्त्र नागरिक शक्ति)को आयोजनामा तथा श्रीनिधि अस्पतालको सहआयोजनामा उक्त कार्यक्रम हुन लागेको आयोजक समितिका अध्यक्ष प्रबिन बिसीले जानकारी दिनुभएको छ ।

“असार २७ गते शनिबार माङखिम भवन, उत्तरी भन्ज्याङमा बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म कार्यक्रम सञ्चालन गर्न लागेका छौँ ।” अध्यक्ष बिसीले भन्नुभयो, “कार्यक्रमलाई सूर्योदय जेसिजले सहयोग गर्ने भएको छ।”

शिविरमा मुटुसम्बन्धी ईसीजी सेवा, कोलेस्ट्रोल परीक्षण, रक्तचाप (प्रेसर) जाँच, सुगर परीक्षण लगायतका स्वास्थ्य सेवाहरू निःशुल्क उपलब्ध गराइने बताईएको छ ।

यसैगरी, रक्तदान जीवनदानू भन्ने सन्देशलाई प्रवर्द्धन गर्ने उद्देश्यले सोही दिन बृहत् रक्तदान कार्यक्रम पनि आयोजना हुने भएको हो। रक्तदान गर्ने सबै दाताहरूको रक्त समूह (ब्लड ग्रुप) निःशुल्क परीक्षण गरिने बिसीले बताउनुभयो ।

युथ ग्रुपले स्थापना कालदेखि नै विपन्न तथा असहाय नागरिकहरूको उपचारका लागि आर्थिक सहयोग अभियान सञ्चालन गर्दै विभिन्न सामाजिक सेवामूलक कार्य गर्दै आएको जनाएको छ। समाजमा सकारात्मक परिवर्तन, सामाजिक एकता र मानव सेवालाई प्राथमिकतामा राख्दै संस्था निरन्तर सक्रिय रहेको अध्यक्ष बिसीको भनाई छ ।

आयोजकले सूर्योदय नगरपालिका वडा नं। १३ र १४ का सबै स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य परीक्षणको अवसरको लाभ लिन तथा रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय