बिष्णु गड्तौला
सुम्बेक(इलाम)ः निजी तथा आवासीय विद्यालय नेपाल(प्याब्सन) इलाम नगर समितिको दोस्रो अधिबेशन भूपाल थापालाई अध्यक्षमा चयन गर्दै आज इलाममा सम्पन्न भएको छ। प्याब्सनको २०७८ मा पारित बिधान बम्बोजिम गठित पाँच सदस्यीय समितिको सचिवमा अनिश्चित राई, कोषाध्यक्षमा सुनिता कर्माचार्य साथै सदस्यहरूमा कुमार चौहान र सुजन राई रहनुभएको छ।
प्याब्सन इलाम नगर समितिका निवर्तमान अध्यक्ष सिनेट श्रेष्ठको अध्यक्षतामा प्याब्सन केन्द्रीय समितिको सदस्य विकास कर्माचार्यको प्रमुख आतिथ्यता, प्याब्सन जिल्ला कार्यसमिति इलामको अध्यक्ष रगुन गुरुङको बिशेष आतिथ्यतामा साथै जिल्ला कार्यसमितिका बरिष्ठ उपाध्यक्ष नुनुमा राई,उपाध्यक्ष दिपेन्द्र बराल, सचिव छबि लम्साल लगायतको उपस्थितीमा सम्पन्न भएको कार्यक्रममा सिनेट श्रेष्ठले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष भूपाल थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
प्याब्सन इलाम नगर समितिको अध्यक्षमा भूपाल थापा
२०८१ मंसिर ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: ILAM KHABAR मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd