
इलाम– चालु आर्थिक वर्ष २०८१र०८२ भित्र सूर्योदय नगरपालिकाका १९ भन्दा बढी सडक कालोपत्रे गरिने भएका छन् ।
नगरपालिका र विभिन्न दातृ निकायसँगको आर्थिक साझेदारीमा ती सडक कालोपत्रे गरिने भएका हुन् ।



मेयर रणबहादुर राईले अब सबै बडामा कालोपत्रे पुग्ने र कालोपत्रेले निरन्तरता पाउने बताए । नगरले पाँच वर्षअघि सडक निर्माणको २८ वर्षे गुरुयोजना बनाइसकेको छ । त्यतिमात्र होइन, नगरले दीगो विकास लक्ष्यलाई समेत स्थानीयकरण गरेर कानुन पारित गरिसकेको छ ।
‘नगरका सबै योजना अहिले दीर्घकालीन हिसाबले सञ्चालन हुनेक्रममा छन्,’ उनले भने, ‘सडकको त नगरले यसअघि नै गुरुयोजना नै बनाइसकेको छ, त्यसैअनुसार सडक निर्माण, स्तरोन्नति, मर्मत र कालोपत्रेलगायतका काम हुनेछन् ।
मेयर राईले नगरपालिकाको सडक गुरुयोजनाको समीक्षा र कार्यान्वयनले सफलता पाइरहेको दाबी पनि गरे ।
नगरका अनुसार चालु वर्ष सूर्योदय नगरमा कालोपत्रे गरिने सडकको विवरण यस्तो छ,
१। ऋषिमोड–गोर्खे–मंगलबारे–मानेभञ्जाङ सडक कालोपत्रे प्रारम्भ – नगर
२। ऋषिमोड–गोर्खे–मंगलबारे–मानेभन्जाङ सडक कालोपत्रे प्रारम्भ– क्ष्ग्म्ए
३। छिरुवा–छब्बीसे सडक कालोपत्रे – क्ष्ग्म्ए
४। छिरुवा–ठाकुरचोक कालोपत्रे –क्ष्ग्म्ए
५। अन्तु–शान्तिबजार कालोपत्रे सडक निर्माण – स्थानीय पूर्वाधार
६। हर्कटे– तारगाउँ सडक कालोपत्रे– नगरपालिका
७। शान्तिचोक– सुवेदीगाउँ कालोपत्रे सडक– नगरपालिका
८। हुर्हुरे भञ्ज्याङ– वडा कार्यालय –फाजीगाउँ सडक कालोपत्रे – क्ष्ग्म्ए
९। पाल्टाँगे–भाग्योदय –राईगाउँ हुँदै बिरिङ कालोपत्रे सडक–नगर
१०।पाल्टाँगे– सिद्धिखोला सडक कालोपत्रे– नगर
११। बरबोटे–कट्टेबुङ–छिरुवा सडक कालोपत्रे– नगर
१२। बरबोटे –गैह्रीगाउँ सडक कालोपत्रे– नगर
१३। बरबोटे– पाथीभरा मन्दिर– विपसना केन्द्र कालोपत्रे– स्थानीय पूर्वाधार
१४। रातोमाटे– वडा शान्तिबजार– नमुना बस्ती कालोपत्रे – क्ष्ग्म्ए
१५। फिक्कल –पञ्चकन्या – रिङ रोड सडक कालोपत्रे– क्ष्ग्म्ए
१६। फिक्कल – सहिदचोक – रत्न चोक कालोपत्रे सडक–नगरपालिका
१७। फिक्कल–मलिम जुरेभञ्याङ सडक कालोपत्रे– नगरपालिका
१८। नयाँ चोक केराबारी सडक कालोपत्रे– नगरपालिका
१९। भालुखोप–खुदुनाबारी सडक निरन्तरता ढलान घमाघम भइरहेको, कालोपत्रे र केही बाँकी सडक डिभिजन कार्यलय, इलाम ।