
इलाम– एक महिनाअघि मृत अवस्थामा भेटिएका इलाम नगरपालिका–४ का ६७ वर्षे देउप्रसाद राईको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सन्दकपुर गाउँपालिका–१ का ३२ वर्षे राम राई र सोही स्थानका २९ वर्षे वीरेन्द्र राई छन् । गत फागुन ३ मा घरनजिकै रहेको गोरेटो बाटोमा देउप्रसादलाई मृत अवस्थामा फेला पारिएको थियो ।



राईको शवको पोस्टमार्टमपछि प्रहरीले घटना अनुसन्धान गर्दा हत्या गरिएको खुलेको थियो र घटनामा संलग्नको खोजी कार्य थालिएको थियो । पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी मानबहादुर राईले बताए ।