सूर्योदय–२ का विद्यालयमा खेल सामाग्री, ४० महिलालाई स्वास्थ्य सामाग्री वितरण

द्वारा प्रकाशित गरिएको हो |
२०८२ असार १, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः सूर्योदय नगरपालिका–२ ले यहाँका विद्यालयहरुमा खेल सामाग्री उपलब्ध गराएको छ । बौद्धधाम माद्यमिक विद्यालय र सार्वजनिक आधारभूत विद्यालयलाई फुटबल, भलिबल, भलिबल नेट, ब्याडमिन्टन र्याकेट, ब्याडमिन्टन कप र चेस बोेर्ड वितरण गरिएको वडा सचिव विष्णु लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार, अर्थेटार आधारभूत विद्यालयलाई ब्याडमिन्टन, चेसबोर्ड, फुटबल दिएको छ । पशुपति नेशनल एकाडेमीलाई भलिबल, भलिबल नेट, ब्याडमिन्टन, ब्याडमिन्टन कप र पशुपति युवा क्लबलाई दुई थान फुटबल, फुटबल अभ्यासका सामाग्रीहरु दिईएको वडा सचिव लामिछानेले बताउनुभयो ।

यहाँका दुई वटा माद्यमिक र दुई वटा आधारभूत विद्यालयमा करिब ६ सय हाराहारी विद्यार्थी अध्ययनरत रहेको उहाँले बताउनुभयो । खेलकुदले मानव स्वास्थ्यमा सन्तुलन कायम राख्ने भएकाले शारिरिक कसरतमा युवालाई प्रोत्साहित गर्न खेल सामाग्री सहयोग गरिएको वडाध्यक्ष डिक बहादुर बम्जनले बताउनुभयो ।

त्यसैगरि यहाँका ४० विपन्न महिलाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । हाई ईपिसियन्सी एग्रो टुरिज्म एण्ड हेल्थ अवार्नेस संस्थाले आज(आईतबार) एक कार्यक्रमको आयोजना गरि एक लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको वडाका कर्मचारी गोपाल खतिवडाले जानकारी दिनुभयो ।

संस्थाका संस्थापक नन्दप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम नगर कार्यपालिका सदस्य तथा वडा नं २ की वडासदस्य शावित्रा शिवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको ,थियो । प्रमुख अतिथि शिवाले वडामा सेवा मुलक संस्थाले स्वास्थ्य सामाग्री वितरण गरेर सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।

विशेष अतिथि चन्द्रकला खत्रीले लाभग्राहीले प्राप्त सामाग्रीको समुचित उपयोग गर्न आग्रह गर्नुभएको छ । पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख राजेन्द्र मगरले स्वास्थ्य जस्तो संवेदनशिल विषयमा सरोकारवाला जिम्मेवार हुनुपर्ने भन्दै स्वास्थ्य सामाग्री प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्याड, तौलिया, ब्रस, काँगियो, थर्मोमिटर लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको प्रदेश संयोजक सुनिल राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय