कर्णालीमा कम्तिमा १० एम्बुलेन्स खरिद गर्न संसदीय समितिको निर्देशन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२४ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा कम्तिमा दश ओटा एम्बुलेन्स र आवश्यक शव वाहन खरिद गर्न संसदीय समितिले प्रदेश संकट व्यवस्थापन केन्द्रलाई निर्देशन दिएको छ । कर्णालीमा कोभिड–१९ को ‘रेड जोन’ बन्दै गएपछि पूर्वतयारीका लागि विधायन समितिको बैठकले प्रदेशभर कम्तीमा पनि दश वटा एम्बुलेन्स र शव वाहन खरिदको व्यवस्था गर्न निर्देशन दिएको हो ।

समितिले स्वास्थ्यकर्मीहरुको संख्या थपि परीक्षणको दायरा बढाउन समेत निर्देशन दिएको समितिकी सचिव शर्मिला विश्वकर्माले जानकारी दिइन् । समितिले दैलेखमा संक्रमितको संख्या बढ्दै गएको भन्दै तत्काल परीक्षण बढाउन पीसीआर मेसिन जडान गर्ने र सम्भव भए अर्को प्रदेशमा समेत स्वाब लगेर परीक्षणको व्यवस्था मिलाउन भनेको छ ।

प्रदेशमा क्वारेन्टाइन, आइसोलेसनलगायत आवश्यक ठाउँमा प्रदेश र संघीय सरकारसँग समन्वय गरी नेपाल प्रहरी, सशस्त्र प्रहरीको तालिमे जनशक्ति समेतको परिचालनका लागि व्यवस्थापन गर्न समितिले सुझाएको छ । संक्रमितको संख्या र जोखिमको अवस्थाको आधारमा प्रभावित जिल्ला र पालिकाहरुमा स्वाब संकलन र परीक्षण बढाउनुपर्ने विधायन समितिले सुझाब दिएको सचिव विश्वकर्माको भनाइ छ ।
स्रोत: अनलाइनखबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय