२६ जेठ, काठमाडौं । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालय अर्न्तगत जनस्वास्थ्य सेवा महाशाखाका अनुसार सोमबार मात्रै १६ जना सङ्क्रमित थपिएका हुन ।
पुष्टि हुनेमा दैलेखका १०, सल्यानका ५ र सुर्खेतका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै सङ्क्रमितको संख्या ६ सय ५७ जना पुगेको छ ।