मेलम्ची खानेपानी आयोजनाको भौतिक पूर्वधारको निर्माण चालु आर्थिक वर्षमा सम्पन्न हुन्छ – मन्त्री बिना मगर

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२६ जेठ, काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको भौतिक पूर्वधारको निर्माण चालु आर्थिक वर्षमा सम्पन्न हुने बताएकी छन् ।
चालु वर्षमा भौतिक पूर्वधारको निर्माण सकेर आगामी आर्थिक वर्षमा त्यसको वितरणको कार्यलाई व्यवस्थित गरिने उनको भनाई छ ।’मेलम्ची खानेपानीका सन्दर्भमा उठाइएका प्रश्नको हरुको बिट मार्ने बेला आएको छ । खानेपानी मन्त्रालय र नेपाल सरकारले मेलम्ची खानेपानीको बिट छिट्टै मार्दैछौं । हामी मेलम्ची खानेपानीको उद्घाटनको समय सार्वजनिक गर्ने तयारीमा छौं ।’ प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको मन्त्रालयत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बिना मगरले भनिन् ।
विगत दुई दशकदेखि मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य जारी छ । उपत्यकाबासीमा मेलम्चीको पानी आउने आशा छ ।
अब मेलम्ची खानेपानीले आशाहरु सँगसँगै उब्जिाएका निराशाहश्रको अन्त्यको समय आएको मन्त्री मगरको भनाई छ ।
काठमाडौं खानेपानी लिमिटेडले उक्त पानी विरतण गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय