कारको ठक्करमा परी कैलालीमा दुइको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा कारको ठक्करबाट २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिम गइरहेको बा ८ च २१०० नम्बरको कारले ठक्कर दिँदा घोडाघोडी नगरपालिका १ सुखडकी २६ वर्षीया स्वर्णिमा चौधरी र उनको ५ वर्षका छोरा किसन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

कारको ठक्करबाट लम्कीचुहा १० का जयन्द्र सुनार र घोडाघोडी नगरपालिका ९ का डबल शाहसमेत घाइते भएको उनले बताए ।तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । चालक र कार दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय