२२ साउन, सिन्धुली । दुधौंली नगरपालिका वडा नं.२ लामिडाँडाका ४९ वर्षिय प्रेमबहादुर घिसिङ तामाङको मंगलबार साँझ पानीसँगैं परेको चट्याङ लागि मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्यामबहादुर खत्रीकानुसार गम्भीर घाईते भएका घिसिङको स्थानीय क्लिनिक लामिडाँडामा उपचारका क्रममा बुधबार बिहान २ बजे मृत्यु भएको जनाएका छन् ।
डिएसपी खत्रीले घरभादा करिब ५० मिटर टाढा खेतमा गाई चराएर घर फर्कने क्रममा घिसिङलाई पानीसँगैं परेको चट्याङ लागेको पुष्टी गरेको छ ।