२५ साउन, काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन १ का विजेता गायक सिडी विजय अधिकारीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भुल भुलैया वोलको उक्त गीतमा अरुण काफ्लेको शब्द र सिडी विजय स्वयमको संगीत रहेको छ । भ्वाइस अफ नेपाल सिजन २ सुरु हुनु अगडि नै सुटिङ सुरु गरिएता पनि विभिन्न कारणले गर्दा अहिले सम्म सार्वजनिक गर्न नसकिएको यो गीतलाइ द भ्वाइस आफ नेपालको अफिसियल युटुव च्यालबाट रिलिज गरिएको हो ।
द भ्वाइस अफ नेपाल टिमको निर्देशन रहेको यो गीतमा जीवन रिजाल, निराजन कार्की र शुशिल वानियाको छायांकन रहेको छ भने गीतलाई सोहन मानन्धरले सम्पादन गरेका छन ।
भिडियो सहित:
https://youtu.be/tj4uI2AHGjU