
काठमाडौं । काठमाडौंमा बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।
दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।



भूकम्पले सामान्य धक्का मात्र दिएकाले कुनै पनि क्षती भने हुन पाएको छैन् ।