
काठमाडौं । झापाको बिर्तामोड नगरपालिका-७ बस्ने अनवारुल मियाको १० वर्षीया छोरी अंसारी खातुनको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
बिहिवार दिउँसो ३ बजेको समयमा घरदेखी नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बालिकाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएकाे छ ।


