सज्जा बनिन् यसपालि ‘नेपाल आइडल’ को विजेता

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सज्जा चौलागाईं ‘नेपाल आइडल’ सिजन–३ को विजेता बनेकी छिन् ।

शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता बनेकी हुन् । उनले टाइटलसँगै नगद ५० लाख प्राप्त गरिन् । फष्ट रनरअप प्रविण वेडुवाल बनेका छन् । किरणले सेकेन्ड रनरअपमा चित्त बुझाएका छन् ।

उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । कोरोनाका कारण यो पटकको ग्रान्ड फिनाले सामाजिक दूरी कायम गर्दै स्टुडियोमै गरिएको थियो । फाइनलमा पुगेका सज्जा, प्रविण र किरणमध्ये किरण वाइल्ड कार्ड इन्ट्रीमार्फत फाइनलमा पुगेका थिए ।

कोरोना संक्रमणको त्राससँगै चैत पहिलो साताबाट स्थगित ‘नेपाल आइडल’ केही साता अगाडि पुनः सुरु भएको थियो । नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय