आधिकारिक कर्मचारीबाट १५ लाख रुपैयाँ सहयोग

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले सरकारद्वारा गठित कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) लाई १५ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले संकटका बेलामा थोरै भएपनि रोकथामका लागि संस्थाको तर्फबाट सहयोग गरिएको बताए । युनियनले केन्द्रका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलालाई सो चेक हस्तान्तरण गरेको हो ।

युनियनकी कोषाध्यक्ष सिन्धु पाण्डेले युनियनले पटक–पटक विभिन्न समस्यामा आफूहरुले सहयोग गर्दै आएको बताइन् । उनले यसअघि पनि भूकम्प पीडितलाई, बाढीपीडितलाई र अन्य संकटमा परेकालाई सहयोग गर्न सरकारलाई यसरी नै रकम उपलब्ध गराएको समेत बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय