ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्युु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । ताप्लेजुङमा चट्याङ लागेर एकजना महिलाको मृत्युु भएको छ ।

मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो ।

यसैगरी चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँच जना घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय