
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सल्यानले प्रतिबन्धित ने.क.पा. (विप्लव) समूहका भेरी कर्णाली व्युरो सदस्य सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको कालिमाटी गाउँपालिका ६ जलजलाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भेरी कर्णाली व्यरो सदस्य सुर्खेत चिङगाड गाउँपालिका २ का ५० वर्षीय महेश भन्ने आइते वि.क र सुर्खेत गुर्भाकोट नगरपालिका २ का ४२ वर्षीय तिलक बहादुर वलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।



स्थानीय व्यापारी र जनप्रतिनिधिहरुसँग चन्दा मागी रहेको भन्ने गोप्य सूचनाका आधार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता उमाकान्त जोशीले बताए । निजहरुसँग सोधपुछ गर्ने क्रममा प्रहरी माथि नै अभद्र व्यवहार गरेकाले उनीहरुलाई नियन्त्रयण लिई कानुन बमोजिम थप अनुसन्धान भइरहेको जोशीको भनाई छ ।