बागलुङमा भिषण पहिरो, दुईको मृत्यु, १० जना बेपत्ता

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । जिल्लाको ढोरपाटन नगरपालिकामा गएराति भीषण पहिरो गएको छ । पहिरोका कारण १० जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएकामध्ये २ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

पहिरोमा परी दर्जनौं मानिस हराएको आशंका छ । नगरपालिकाको वडा नम्बर ८ र ९ बोबाङका विभिन्न स्थानमा खसेको पहिरोका कारण १७ जनाभन्दा बढी सम्पर्कबिहिन भएको प्रहरीले जनाएको छ । ढोरपान शिकार आरक्षको प्रवेशद्वार मानिने देउराली पहाडबाट भीषण पहिरो खसेको हो ।

अविरल वर्षापछि आएको पहिरो र बाढीका कारण लाकुरीबोटका ३, सुकुरदुङका १, दुनेपँधेराका ३, घट्टबोटका ७ र भुसुन्डेका ३ जना सम्पर्कविहीन भएका छन् । यस्तै बाढीले लाकुरीबोटका ११, दुनेपँधेराका ५, घट्टबोटका ८ र भुसुन्डका १ घरसमेत बगाएको छ । नगरपालिकाको सुकुरदुङस्थित सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्राविसमेत पहिरोले बगाएको छ । बोबाङमा रहेका ३ जलविद्युत आयोजना र ३ झोलुँगेपुल पनि पहिरोले बगाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय