
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नं ६ का २४ वर्षीया ओम कुमार मोक्तान रहेका छन् ।



आज बिहान घरमा रहेको पंखा चलाउन तार जोड्ने क्रममा करेन्ट लाग्दा घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।