आज पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला मूल्य कति?

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । लामो समयदेखी उतारचढाव आइरहेको सुनको मूल्य आज पनि बढेको छ ।

मंगलबार सम्म निरन्तर गिरावट आएको सुनको भाउ बुधबार बढेको थियो । आजपनि छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ वृद्धि भएको छ ।

बुधबार ९६ हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार ९५ हजार ९ सय निर्धारण गरिएको तेजावी सुनको मूल्य आज प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार ३ सय १५ मा कारोबार भएको चाँदी आज १ हजार ३ सय ३५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय