सूर्योदयको सुख्खाग्रस्त क्षेत्र धजेमा करोडौँ खानेपानी आयोजनाको काम हुँदै

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

मनोज अधिकारी, फिक्कलः इलामको सूर्योदय नगरपालिकाले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको धजेमा करोडौँ खानेपानी आयोजनाको काम धमाधम भईरहेको छ । वडा नम्बर एकको धजेलाई वि.सं २०७४ सालको पहिलो नगरसभाले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसयता अहिलेसम्म प्रदेश सरकारबाट प्राप्त करिब डेढ करोड बढि बजेटले धजे मकर्जुङ खानेपानी तथा सरसफाइ आयोजनाको काम भईरहेको उपभोक्ता समितिका अध्यक्ष टिका सापकोटाले बताउनुभएको छ ।

अध्यक्ष सापकोटाका अनुसार, “सडक,विद्युत र शिक्षा जस्ता आधारभुत आवश्यक्ता भन्दा ठूलो अभाव शुद्धखानेपानीको भईरहँदा यस ठाउँलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिनु नै विकासको महत्वपुर्ण आधार बन्यो । इलाम क्षेत्र नम्बर एकबाट निर्बाचित प्रदेश सांसद खिनु लङ्वा लिम्बुको पहलमा प्रदेश सरकारले बजेट उपलब्ध गराएपछि यतिबेला आयोजनाको कामले तिव्रता लिईएको हो ।” पर्याप्त पानिको श्रोत नभएपछि यस क्षेत्रका मानिसले कुवा,पँधेरा र खोल्साबाट आवश्यक्ता पुरा गरिरहेका थिए । बर्खामा भेल बाडि र हिउँदमा धुवाँधुलो मिसिएको पानि प्रयोग गर्नुपर्दा मानिसको स्वास्थ्यमा समेत खराबि हुने गरेको थियो । अहिले सरकारले बजेट विनियोजन गरेपछि भने करिब ९ कि.मि टाडा रहेको जोगमाई खोलाबाट पाईपलाईन विछ्याएर पानि तानिएको अध्यक्ष सापकोटाले जनाउनु भएको छ ।
उहाँका अनुसार, “आर्थिक बर्ष २०७४÷७५ मा जिल्ला खानेपानी कार्यालय इलामले उपलब्ध गराएको रु २ लाख १५ हजार बजेटबाट पानि जम्मा गर्ने कलेक्सन सेन्टर र उक्त ठाउँमा पानी लैजाने ईन्टेक गरि मुहानको संरचना निर्माण गरिएको थियो ।प्रदेश सांसद लिम्बुको पहलमा आर्थिक बर्ष २०७५÷७६मा प्रदेश सरकारबाट रु १ करोड २० लाख बजेट प्राप्त भएपनि समय अभाब,प्राविधिक कठिनाई,भौगोलिक अब्यवस्था र मौषमी परिवर्तनका कारण करिब रु ९२ लाख बराबर मात्र काम गर्न सकिएको हो । उक्त रकमले ८१२ मिटर जि.आ.ई पाईप जर्डान ,डिस्ट्रिविउसन सेन्टर निर्माण र ५० घनमिटर प्रतिगोटाका २ वटा आर. बि. टि ट्याङ्की निर्माण सम्पन्न गरियो । आर्थिक बर्ष २०७६÷७७मा प्राप्त क्रमागत बजेट अन्तर्गत रु २० लाख बजेटको काम कोरोना कहरले निम्त्याएको लकडाउन र समय अभाबका कारण आधा मात्र भयो । जसअन्तर्गत ८ कि.मि पाईपलाईन जर्डानको काम गरियो । चालु आर्थिक बर्षमा छुट्टिएको रु १५ लाख बराबरको बजेटबाट १० घनमिटर बराबरका २ वटा ट्याङ्की ,साखा लाईन विस्तार र धारा जर्डानको काम सम्पन्न हुनेछ । ” करिब ६५—७० प्रतिशत काम सम्पन्न गरेको बताउँदै सापकोटाले अबको बजेट खेर जान नदिन उपभोक्ता समिति सकृय रहने दाबी गर्नुभएको छ ।


आयोजनाको काम सम्पन्न भएसँगै साविक गोर्खे गा.वि.स वडा नम्बर २ का धजे,महर्जुङ,धाप,रुपेटार,मानेडाँडा लगायत क्षेत्रका १९६ घरपरिवार प्रत्यक्ष लाभान्वित हुनेछन् । यस आयोजनाका सललाहाकार गणेस खड्काले एकघर—एकधारा निर्माणको काम सम्पन्न भएसँगै खोला ,खोल्सा र पँधेराबाट अस्वस्थ पानी पिउनुपर्ने बाध्यता चाँडै अन्त्य हुनेमा आफुहरु आशाबादी रहेको बताउनुभएको छ ।घन्टौँसम्म गाग्रीमा बोकेको भरमा पानीको आवश्यक्ता पुरा गरिरहनुपरेको यस क्षेत्रका मानिसको महत्वपुर्ण आवश्यकता नै शुद्ध पिउने पानी थियो । हिमालय माद्यमिक विद्यालयका शिक्षक समेत रहनुभएका खड्काका अनुसार,“वि सं २०४६ सालको राजनैतिक परिवर्तनपछि परिस्थिति केही सहज बन्दै गयो । वि सं २०५५÷ ५६ सालमा एसियन डेब्लभमेन्ट बैँक (एडिबि) नामक अन्तराष्ट्रिय संस्थाले यस क्षेत्रमा २९ वटा पिउने पानिको धारा जर्डान गर्यो ।४५ घरपरिवारले एउटा धारा उपभोग गर्नेगरि धारा जर्डान भएपछि उपभोक्ताले सहजताको महशुष गरे । तर त्यो सफलता लामो समय टिकेन । धाराको दिगोपना र टिकाउपन नहुनुमा असुरक्षित मुहान,कमजोर ब्यवस्थापन,जस्ता थुप्रै प्राविधिक कठिनाईहरु थिए । सँगसँगै चरम द्धन्दकालको कठिन परिस्थितिले पनि विकासमा बाधा पुर्यायो । पुनः खानेपानी अभाबको समस्या पुरानै अवस्थामा फर्कियो । त्यसपछि धजे मकर्जुङबाट करिब ८ कि.मि टाडा रहेको जोगमाई खोलामा मुहानको सम्भाब्यता अध्ययन गरियो । तर उपभोक्ता मात्रको पहलमा काम सम्भव थिएन । स्थानिय तहको निर्बाचन पछि स्थानिय देखि प्रदेश सरकार सम्मको नजर पर्यो । नभन्दै सूर्योदय नगरपालिकाको पहिलो नगरसभाबाट धजे सुख्खाग्रस्त क्षेत्र घोषित भयो ।अन्ततः प्रदेश सरकारको लगानि,स्थानिय सरकारको निरन्तर अनुगमन,उपभोक्ता समितिको सकृयता र आम उपभोक्ताको उत्साहित मनस्थितिले नै कामले गति लिईएको छ ।”


प्रदेश साँसद खिनु लङ्वा लिम्बुले आफ्नो निर्बाचन क्षेत्र अन्तर्गत देखेका थुप्रै समस्या र विकासको पर्खाइमा रहेका ठाउँमध्ये पानिको अभावमा धजेलाई छटपटिएको देखेकाले बजेट पार्न सफल भएको बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, “निर्वाचन ताका नागरिकले खानेपानीको माग गरे,थुप्रै पटक स्थलगत निरिक्षणमा पुगियो । समस्या पहिचान भएपछि समाधानको बचनबद्धता गरेका थियौँ । क्रमश काम पुरा गर्दै गएका छौँ । ”
शुद्धपिउनेपानीको अभावमा रात्माटे डाँडोको उपमाले चिनिने गरेको यो क्षेत्र धजे मकर्जुङ खानेपानी आयोजनाको काम सफल भएसँगै उर्भर र स्वच्छ ठाउँको नामले चिनिने निश्चित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय