बिभिन्न मुद्दाका फरार अभियुक्तहरु इलामबाट पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलःसामुहिक रुपमा जवरजस्तिकरणी गरी फरार रहेका इलामका २ ब्यक्ती पक्राउ परेका छन् । इलामको चुलाचुली गाँउपालिका वडा नम्बर ३ का मिलन राई भनिने ३० बर्षिय अनिश राई र सोही स्थान बस्ने बर्ष ३१ का जित कुमार राई भनिने निश्चल राईलाई आईतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिनुभएको छ ।

सुबेदीका अनुसार, “उनिहरु आजभन्दा १२ बर्ष अगाडी वि सं २०६४ सालमा झापाको साधुहोली जंगलमा एक महिलालाई सामुहिक रुपमा जवरजस्तिकरणी गरी फरार रहेका थिए । फैसला कार्यन्वयन प्रक्रियालाई तिब्रता दिने अभियान अन्तर्गत अदालतबाट दोषी प्रमाणित भएपनि हाल सम्म फरार भई लुकिछिपि बसेका उनिहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।” निजहरुलाई सम्मानित इलाम जिल्ला अदालतमा पेश गरिएको र आज नै कैद भुक्तानको लागी कारागार पठाईएको छ । उक्त मुद्दामा एकजना हाल जिल्ला कारागार इलाममा कैद भुक्तान गरिरहेको र अर्का एकजना फरार भएको प्रहरी नायव उपरीक्षक सुबेदीले बताउनुभयो । निजको खोजतलास जारी रहेको प्रहरीको भनाई छ ।
त्यसै गरी फैसला कार्यान्वय अन्तर्गत अदालतबाट दोषी प्रमाणित भई ठगी मुद्दा, कर्तब्य ज्यान मुद्दा र हातहतियार खरखजना मुद्दा फरार प्रतिबादीहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ । वि सं २०७५ कात्तिक २७ गते ठगी मुद्धामा २ वर्ष कैद र रु २०,०००।– जरिवाना सजाय तोकिएका जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ३२ को सन्तोष बस्नेतलाई गत भाद्र ३० गते पक्राउ गरिएको छ । हातहतियार खरखजना मुद्दामा वि सं २०७५ चैत्र १५ गते ३ महिना कैद र पाँच हजार जरीवना सजाय तोकीएका सूर्योदय वडा नम्बर ५ का ४४ बर्षिय मोटे देवान भनिने हर्कबहादुर लिम्बुलाई हिजो पक्राउ गरिएको प्रहरीले जनाएको भने कर्तब्य ज्यान मुद्धामा फरार रहेका माईजोगमाई गाउँपालिका वडा नम्बर २ बस्ने बिष्णु कुमार राईलाई आज नै पक्राउ गरिएको छ । उनलाई १२ बर्ष अगाडि वि सं २०६४श्रावण ८ गते ५ महिना ६ दिन कैद सजाय र रु २०।– जरिवाना फैसला गरिएको थियो । जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरी कार्यालयबाट खोज तलासको क्रममा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय