
इलाम । इलाम देउमाई नगरपालिका वडा नम्वर ४ का केही युवाहरुकोे समुहले अति बिपन्न तथा गरिव परिवारलाई निःशुल्क खाद्य सामग्री वितरण गरेको छ । वडा नम्वर चारका युवाहरुले पहिलो चरणमा अत्यान्तै बिपन्न २५ परिवारलाई खाद्य सामाग्री बितरण गरेको हो । चामल, दाल, नुन, तेल, लगायतका दैनिक उपभोग्य सामाग्री बितरण गरिएको अभियान्ता दुर्गा घिमिरेले बताउनु भयो । कोरोना महामारीले निम्त्याएको आर्थिक संकटका कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवार भोकमरीको अवस्थामा सो सामाग्री बितरण गरिएको हो ।जसले मानवतामा बिस्वास राख्दछ नाम दिएर युवाहरुले अभियान चलाएको अभियानता पवन खनालको भनाई छ । हुनेले दिएर जानुहोस, नहुनेले लिएर जानुहोस भन्ने नारा सहित कार्यक्रम गरिएको उहाँको भनाई छ ।
लामो लकडाउनले आम जनता आर्थिक संकटमा पर्दा पनि स्थानिय संघसंस्था, स्थानिय तह प्रदेश र राज्य स्थरबाट कुनै सहयोग नभएकोले स्थानिय सहयोग जुटाएर सहयोग गरिएको अभियान्ता अनिल नेपालको भनाई छ । युवाहरुको स्वबिवेकले सामाग्री संकलन गरेर बितरण गरिएको हो । बजार क्षेत्रमा बसोबास गर्ने र दिन सक्ने ब्यक्ति, समाजसेवी ब्यापारीहरुबाट संकलन गरिएको राहत मंगलबारे बजारमा नै एक कार्यक्रमबिच आइतबार बितरण गरिएको अभियान्ता आशिष खनालले बताउनु भयो । कोरोना माहामारिपछिको पहिलो राहात कार्यकम सम्पान भएको युवाहरुको भनाई छ । पहिलो चरणमा वडा नम्वर चारमा गरिएको कार्यक्रम सबै वडामा गएर बितरण गरिने योजना रहेको अभियानताहरुको भनाई छ ।



कुनैपनि राजनैतिक दलसँग सहकार्य नगरी बिभिन्न पार्टी र तिनका भात्रृसंस्थामा आस्था राख्ने युवाहरुले नै सो अभियान सञ्चालन गरेको हो । बिवन्न परिवार भोकभोकै बस्नुपर्ने दिन नआओस र कमाएकाहरुले बिपन्नहरुलाई सहयोग गर्नुपर्छ भन्ने शन्देश दिन समेत अभियान सञ्चालन गरिएको युवाहरुको भनाई छ । हाल १२ जना युवाहरु अभियानमा रहेको र यस अभियनमा संयोजक र सदस्य नरहने ब्यवस्था गरिएको उहाँहरुको भनाई छ । स्वत स्फुर्त रुपमा युवाहरु नयाँ जोसका साथ अभियानमा लागेकाले पनि समाजसेवीहरुबाट राहत संकलन भएको स्थानियको बुझाई छ ।