दसैंको माहोल आउदा हजुरहरु
के सम्झनुहुन्छ।।??
सायद रातो अक्षता
सम्झनुहुन्छ होला।।
हरियो जमरा र पाती अनि
हुइकेको लिङ्गे पिङ माथी
सम्झनुहुन्छ होला।।
केरा र चिउरा अनि मासु
रमाइलो गर्न बिर्सेको आँशु
चङ्गाको चेट अनि ताईको सेल
नँया कपडा अनि नँया जुत्ताको बेल
वाह।। सायद यस्तै चीजहरु
आउदो हो हजुरको दसैंमा॥
तर मेरो दसैंमा मेरो बुबा आउनुहुन्छ हुन त
दशमीमा टिका थाप्न बुबासामु म जानुपर्ने हो
तर दसैंको घटस्थापना कै दिन
मेरो सामु मेरो बुबा आफै आउनुहुन्छ॥
थाहा छैन बुबा मदेखि टाढा हुनूभो
या।।। म बुबादेखि टाढा भए
त्यो बेला नाबालक मलाई पाल्न जवान बुबा
मदेखि टाढा हुनुभयो र आज वृद्ध उहाँलाई
पाल्न जवान म टाढा बुबाबाट भएँ
सायद मायाभन्दा ठूलो परिस्थिती हुँदो रहेछ
तर सँधै आउनुहुन्छ मेरो बुबा बिजया दशमीको
घटस्थापना देखी नै मेरो लागि
त्यो बेला वास्तविकतामा र अहिले सम्झनामा॥
आज म जति टाढा भए पनि दसैंमा
म अझै पनि उहाँलाई सम्झन्छु
जसरी उहाँले मलाई सम्झिएर
घटस्थापना अगावै मलाई
नयाँ कपडाको स्थापना गर्नुहुन्थ्यो
घरमा सबै सदस्यहरुलाई रङ्गिन कपडासँगै
दसैं आईरहदा उहाँको निलो कमीजको
चीर भने हरियो टालोले टालेर आउथ्यो
बुबाको रङ्गिन दसैं।।।।।।।।।।
जसरी घरको बाहिर भित्रको सबै भित्ताहरु
सेतो चुना, हरियो गोबर र रातो माटोले रङ्गिन
हुँदा घरको बिचको घर थेग्ने कालो थाम बर्षौदेखि
उसको रङ्गिन दसैको पर्खाईमा बसेको हुन्छ।।
कोदालीको बिँड र हलोको अनौमा
छापिएको थियो बुबाको हातको भाग्यरेखाहरु
अनि असारमा खेतभरि रोपिएको थियो
हातका चक्रसँगै धानका वीउहरु
आफ्नो हात्केलाको भाग्यरेखाहरुलाई
हरेक असारको दर्के झरीमा
खेतको आलिहरुसँगै मिलाएर पनि
मेरो भाग्य दुवो जस्तो मौलाएको
हेर्ने रहर प्रत्येक दसैंमा आशिर्वाद
स्वरुप पाउने गर्थे।।।।।।।
थाहा छैन त्यो दुस्ख थियो या नियति
तर भाग्यको यस्तै अनन्त पत्रहरु
पार गरेपछि बल्ल आँगनको डिलमा
मुस्कुराउने गर्थ्यो सयपत्री।।।।
दुर्गन्धित पसिना बेचेपछि बल्ल
बास्ना छर्ने गर्थ्यो गोदीवरी।।।।।
र बुबाको त्यही ओइलाएको थकित
शरिरको दुखबाट बल्ल फुल्थ्यो
कहिल्यै नओइलाउने मखमली।।।११
तर यत्ति मै पूर्ण दसैं कहाँ आउथ्यो र।।रु
नयाँ चित्राले छाना छाउनु बाँकी हुन्थ्यो
मिठो मसिनोको लागी माइल टाढा
धाउनु बाँकी हुन्थ्यो।।।।।
मेरो लागी बनाईदिएको चङ्गामा म रमाउदा
चङ्गा भन्दा बढी बुबाको मन उडेको हुन्थ्यो
जब दसैंको मेला आउथ्यो
हाटबजार लाग्थ्यो, बेसीचहुर रमाइलो बन्थ्यो
मेरो नि मन र दिमाग सबै बुबातिरै जान्थ्यो
मेरो आँखालाई बुझेर होला
बिहानै अर्को गाउँ जानुहुन्थ्यो
खोलाको तिरैतिर, अग्लो डाँडाको भिरैभिर
बोरामा बालुवा र डोकोमा ढुङ्गा बोक्नुहुन्थ्यो॥
अरुकै घर ठडेउरो पारेर
आफ्नो ढलेको झुप्रो आउनुहुन्थ्यो
अनि भोली पल्टो थालमा मासु र भात हुन्थ्यो
एक छिन पछि मेरो शिरमा बुबाको हात हुन्थ्यो
अनि त्यतिबेला पनि आशिर्वीदको ताँत हुन्थ्यो ॥
९हरेक बर्ष०२
हाम्रो दसैंको उत्सवमा बुबाको थोत्रे
कमीजको गोजीको मैझारो हुन्थ्यो
बर्षभरि पसिनासँग नोट साट्नु हुन्थ्यो
र नोटसँग हाम्रो खुशी।।।।।।
सायद एउटा बुबाको लागि सन्तानको
हाँसो भन्दा ठूलो अर्को केही हुँदैन॥
बुबा हुनुहुन्थ्यो र त बर्षमा एक पटक
आउने दसैं बर्षै पिच्छे आउथ्यो
दुख र पसिनाले हाम्रो हरेक दसैं
टाल्दा टाल्दै अहिले आफै फाट्नु भयो
पहाड नै उचाल्न सक्ने हातहरु अहिले त
अञ्जुलीमा पानी उठाउन पनि गाह्रो मान्छन्
जीन्दगीभर परिवारको भार उचाल्ने शिर पनि
अहिले टोपी उचाल्न पनि गाह्रो मानिछन्
कहिल्यै नडगमगाउने बुबाको हिम्मत
आज आफ्नै जीवनसँग हार्न खोज्छ॥
बेलाबेला भन्नुहुन्छ,ू अब यो जीवनसँग
एकदिन बिदा लिनु मात्र बाँकी छ
अनि जीवन सधैँको लागि बिदा हुन्छ।ुु
तर सबै कुरा भुलेर एउटै मात्र कुरा सम्झनु
हो भने मेरो लागि बुबाको आँट, दुख र
कठिनाईहरुको लर्को सम्झन्छु
माया, प्रेम र हौसलाको एक सर्को सम्झन्छु
त्यसैले मेरो त हरेक दसैंमा दसैं भन्दा
पहिला अझै पनि मेरो बुबा आउनुहुन्छ।।।
त्यो बेला दसैंको झोला लिएर अनि अहिले
त्यही दसैंको सम्झनाको खोला लिएर।।।
अनि हजुरहरुको नि।।।????
अर्पना थामी अन्जिला, सूर्योदय नगरपालिका १ इलाम