नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ ।समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले शुक्रबार विज्ञप्ति जारी गरी मङ्सिर १५ गतेसम्म चान्द्रमासअनुसार कात्तिकशुक्ल पक्ष नै रहेकाले ढुक्क भएर तिहारको टीका लगाउन आह्वान गर्नुभएको छ ।वैदिक सनातन हिन्दू धर्मावलम्बीले चान्द्रमासअनुसार नै चाडपर्व मनाउने गर्छन् ।
मङ्सिर १५ गतेसम्म कात्तिक शुक्ल पक्ष भएकैले विवाहको लग्न १६ गतेपछि मात्र दिइएको पनि उहाँले जानकारी दिनुभयो ।यस वर्ष गएको असोज महिनामा अधिकमास ९मलमास० परेकाले चाडपर्व पछि सर्दा भाइटीका मङ्सिर १ गते परेको हो ।भाइटीका दाजुभाइले दिदीबहिनीबाट र दिदीबहिनीले दाजुभाइबाट कुल, परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर एकआपसमा गच्छेअनुसार मीठा परिकार, उपहार एवं दक्षिणा दिएर आपसी सद्भाव वृद्धि गर्ने पर्व भएकाले त्यसै अनुरूप मनाउन पनि समितिले आह्वान गरेको छ ।न्युजसंजालबाट