कानुनमन्त्री कार्कीले गरे जौबारीको बि.ओ.पी उत्घाटन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः प्रधानमन्त्रीले गर्ने भनिएको जौबारी स्थित बोडर आउट पोस्ट (बि.ओ.पी)को उत्घाटन प्रदेश नम्बर एकका भौतिक योजना तथा कानुनमन्त्री हिक्मत कार्कीले गर्नुभएको छ ।

हेलिकोप्टर ल्याण्ड नभएको भन्दै प्रधानमन्त्रिको इलाम आउने कार्यक्रम रोकिएको छ । इलामको जौबारी आउनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा प्रतिकुल मौषमका कारण हेलिकोप्टर ल्याण्ड नभएपछि स्थानीयहरू निराश बनेका छन्। बिहानैदेखि नेपाल भारत सीमा क्षेत्रमा पर्ने जौबारीमा प्रधानमन्त्री ओली आउने भएपछि सयौको संख्यामा स्थानीयबासिन्दा र कार्यकता भेला भएका थिए। प्रधानमन्त्रीको सुरक्षाको चारवटै सुरक्षा निकायको टोली हिजोबाट नै कार्यक्रमस्थलमा परिचालित थिए।

ताप्लेजुङमा कार्यक्रम सकेर प्रधानमन्त्री २ बजे सिमा निरीक्षणको लागि माईजोगमाई र सन्दकपुर गाउँपालिकाको सिमानामा पर्ने जौबारीको लागि आइपुग्ने समयसिमा तय थियो। मंसिर ५ र ७ गते २ पटक समय रद्ध भएर आजका लागि तय भएको कार्यक्रममा समेत ओली जौबारी आइपुगेनन्।

अपराहन्न साढे १ बजे ताप्लेजुङको घुन्सा र ओलाङचुङगोलाको कार्यक्रम सकेर प्रधानमन्त्री चढेको हेलिकप्टर इलाम तर्फ उडेको थियो। तर, मौसम प्रतिकुल बनेपछि प्रधानमन्त्री चढेको हेलिकप्टर जौवारी आइपुगेन । २ पटकसम्म सन्दकपुर डाँडामाथीबाट ल्यान्ड गर्ने प्रयास असफल भएपछि विराटनगरमा ल्याण्ड भयो। ५ घन्टा भन्दा लामो सयम प्रतीक्षा गरेका स्थानीयबासिन्दा, कार्यकता र पत्रकार त्यसै फर्कनुपरेको छ।

बिओपी उत्घाटन गर्नुहुँदै प्रमुख अतिथी कार्कीले सिमा क्षेत्रको सुरक्षा मजबुत बनाउन इलाममा हालसम्म ६ वटा बि ओ पी उत्घाटन भईसकेको र चाँडै सूर्योदय नगरपालिका वडा नम्बर १ स्थित मानेभन्ज्याङ्ग सिमा क्षेत्रमा समेत स्थापना गरिने बताएका छन् । कार्यक्रममा प्रदेश नम्बर एकका भुमि ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम बा रानाको विशेष आतिथ्यता रहेको थियो भने प्रदेश सभा सदस्य खिनु लङ्गवा लिम्बु,प्रदेश १ का नेपाल प्रहरी प्रमुख,ससस्त्र प्रहरी प्रमुख, इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय