
रोङः इलामको रोङ गाउँपालिका वडा नं ६ स्थित झण्डीडाँडाको खेलमैदानमा शुक्रबार सितोरियो करातेको ग्रेडिङ्ग गरिएको छ । विगत तीन बर्ष अघिदेखी प्रशिक्षक देबी साङपाङ्ग राइले प्रशिक्षण गराउदै आउनु भएको रम्भ्याङ्ग डोजो र जिर्मले डोजोको १८ जना खेलाडीहरु संलग्न ग्रेडिङ्गमा रम्भ्याङ्ग डोजोका १० मध्ये ८ खेलाडीहरु सेकेण्ड टु फस्ट ब्राउन्ड बेल्ड मा पुगेका छन् भने अन्य ४ जना सेभेन टु सिक्स ओरेन्ज बाट ग्रीन बेल्डमा पुगेका छन । ब्राउन बेल्ड खेल्ने गरेका खेलाडीहरु अब चार महिनाको प्रशिक्षण पछि फूल ब्राउन र अरु एक बर्ष पछि ब्लाक बेल्ड ( कालो पेटीका )खेलाडी बन्ने छन् ।
सितोरिया करातेको अन्तराष्ट्रिय रेफ्रि तथा बरिष्ट प्रशिक्षक योगेश चाम्लिङ्गको प्रमुख आतिथ्यता , रोङ खेलकुद समितिका अध्यक्ष तथा प्रशिक्षक बिर्ख लिम्बुको बिशेष आतिथ्यता र रोङ गाउपालिका वडा नं ७ का खेलकुद संयोजन संगम राइको उपस्थितीमा भएको सो ग्रेडिङ्ग कार्यक्रममा स्थानिय खेल प्रेमीहरुको पनि उल्लेखनिय उपस्थिति रहेको थियो ।


