गोबिन्द पौडेल,रोङः आरमदायी जीवनले मानव स्वास्थ्यमा नकरात्मक प्रभाव पार्न थालेपछि मानिसहरुको शोख साइकल यात्रामा परेको छ । मोटरको यात्राले मानिसहरुलाई जति सुबिधा दिन्छ तर त्यसको यात्रा सुगमस्थान, महंगो अस्वस्थ्य र अरुचीकर स्थानको मात्रै हुने भएपछि स्वस्थ्य जीवन , दुर्गमको अनुभुती मितब्ययी र रुचीका दुर्गम स्थानमा समेत सहज यात्राका लागि मानिसहरु हुलका हुल हिड्ने भएपछि स्थानिय जनजीवन र आर्थिक स्तर उकास्न पनि साइकल यात्राको पर्यटनले सकरात्मक प्रभाव पारीरहँदा रोङ गाउँपालिकाले पनि पहिलो चरणमा २९ किलोमिटर साइकल रुटको संभाब्यता अध्ययन गरेको छ । रोङ गाउँपालिका वडा नं ३ को हाँसपोखरीबाट रोङ ६ को पाटापुर सम्म २९ किलोमिटर साइकल रुटको संभाब्यता अध्ययनको लागि गाउँपालिका अध्यक्ष शमसेर राई , परामर्श दाताका प्राबिधिकहरु गाउँपालिकाका प्राबिधिक सुनाखरी सामुदायीक बनका अध्यक्ष दुर्गा निरौला अन्य सरोकारवला ब्यवसायीहरु समेतको टोलीले स्थलगत अनुगमन गरिसकेका छन ।
हाँसपोखरी र हर्कटेबाट भूमापन डाँडो , ब्रिटिस टार,गिद्धे भिर, डोल गैरी, हल्लने ढुङ्गा , रमिते डाँडा, झण्डी डाँडा आलुबारी गुर्धुमडाँडा, फिरफिरे डाँडा भिमसेन ढुङ्गा हुदै सिद्धि नहरको ट्याक हुदै पाटापुर सम्म का बिभिन्न महत्वका स्थानहरुमा मार्ग बनाउनको लागि डि पि आर गरेर केन्द्र र प्रदेश सरकार समक्ष योजना पेश गरिने तयारीमा लागेको रोङ गाउँपालिकाका अध्यक्ष शमसेर राइले बताए ।
साइकल यात्रा स्थानिय स्तरमा पर्यटनको बिस्तार र बिकासमा सहयोगी बन्ने गरेको साइकल यात्री खगेन्द्र सिवाकोटी बताउँछन । साइकल यात्रीहरुको आफ्नो टीमहुने र उनिहरु हरेक ठाउँमा बस्दै खादै घुम्ने सोखी रहेको उनको अनुभव रहेको छ । सामान्यतया ग्रामिण बाताबरणमा बस्दै स्थानिय उत्पादित बस्तुहरु किनेर खाने गाउँमा कृषि र अन्य ब्यवसाय फस्टाउने अर्का साइकल यात्री निपेस नेपाल बताउछन् । खासगरि स्वस्थ्य र मनोरन्जनको लागि साइकल यात्रा गरिने गरेको र यात्राको लागि आवश्यक सामाग्रीहरु टेन्ड सुताइ मर्मत प्र्राथामिक उपचारका सामग्रीहरु बोकेर सुरक्षित बन्न हेलमेट र पोशाक लगाउदै उकालो ओरालो ,भिरालो, तेर्सोमा यात्रा गर्दा छुट्टै आनन्द हुने नेपाल बताउछन । सामान्यतय १० हजार भन्दा माथी ७ लाखसम्मको साइकल प्रयोग गरिने गरेको साइकल यात्री सिवाकोटी बताउछन् ।
यता रोङ गाउँपालिकाले तयार गर्दै गरेको साइकलबाटो संचालन हुन सके आफुहरुले मनग्गे फाइदा लिनसक्ने हर्कटेका होटल ब्यवसायी कृष्ण पौडेलको भनाइ रहेको छ । उनिहरु आउदा आफ्नो कृषि उपजले उचित मुल्य पाउने हर्कटेकै किसान खड्ग सुबेदी बताउछन । उनिमात्रै हैन हर्कटेको चहल पहल बढ्दा आफुहरुलाई चौतर्फी फाइदा हुने हर्कटेकै टेलसिङ्ग ब्यवसायी तुलसी सिवाको भनाइ रहेको । यहा आउने पर्यटकहरुलाई एकरात हर्कटे र कुटी डाँडामा राखेर बिहान गुगल पोइन्टबाट झुल्केघाम देखाएर बिहानै पाथीभरामा पुजा गराउदा खानाखाने बेला हुने र अनि पाउना पठाउन सके कम्तिमा एकरात पर्यटकहरुलाई हर्कटे र आसपासमा राख्न सक्ने आधार बन्ने हर्कटेका नरेस खड्काको भनाइ रहेको छ ।