मनोज अधिकारी,फिक्कलः नेपाल कम्युनिष्ट पार्टी सूर्योदय नगरपालिका वडा नं ७ पार्टी कमिटिले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएको छ । बिहिबार कन्याममा चिया परिक्षण तथा प्रवद्र्धन केन्द्रको शिलान्यास गर्न आउनुभएका मुख्यमन्त्री राईलाई बिभिन्न योजना कार्यान्वयनको माग गर्दै ५ बुँदे ज्ञापनपत्र बुझाईएको हो ।
सूर्योदय सातमा आगामी दिनमा गर्नुपर्ने केही महत्वपुर्ण योजनाहरु नगरपालिकाबाट मात्र सम्भब नहुने भएकाले प्रदेश सरकार समक्ष माग गरिएको पार्टी कमिटि अध्यक्ष डिल्लि बहादुर घलेले बताउनुभएको छ । वडाको कटुवाल टोल र घलेधारा टोलको सिमानामा रहेको ११ रोपनी सिमसार क्षेत्रको पोखरीको निर्माणमा सहयोग गरिदिन माग गरिएको छ । उक्त पोखरीको नगरपालिकाले संभाब्यता अध्ययन गरिसकेको छ । भौगोलिक रुपमा राम्रो ठाउँ रहेको र पोखरी निर्माणपछि यस्को तल्लो भागमा सिंचाई गर्न सकिने,पानीको श्रोतको विकास,सदावहार पानीको उपलब्धता ,रोजगारीमा वृद्धि , पर्यटन ब्यवसाय मजबुद बन्ने लगायतका प्रतिफल ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सूर्योदय ८ बाट सौर्य बाटोको नामाकरण भई ७ नंम्बर वडाको मध्य भागबाट रोङ गाउँपालिका हुँदै झापाको बुद्धशान्तिसम्म पुग्ने यस क्षेत्रको वैकल्पिक मोटरबाटोलाई प्रदेशको गौरवको योजनामा राखी कार्यान्वयन गरिदिन आग्रह गरिएको छ ।
यस वडामा निर्माण भएको करोडौँ रुपैयाँको बर्थिङ सेन्टर उत्घाटन हुन बाँकी रहेकाले सो अस्पताल जानआउनका लागी कालोपत्रेको योजना यसै आर्थिक बर्षमा छनौट गरी कार्यान्वयनका लागी अनुरोध गरिएको छ ।
पर्यटकीय क्षेत्र कन्यामको हुरहुरेबाट लाप्चा जातीको. ऐतिहासिक स्थान सिंग्राम पुनु र जापानीज मितेरी चौतारोको देउरालीबाट सूर्योदय र सूर्यास्त दृश्यावलोकनका लागी भ्यु टावर निर्माण र हर्कटे बाट पाल्टाङ्गे क्षेत्रसम्म नाइट टुरिजमको ब्यवस्था गरिदिन भनिएको छ ।
कन्याम चिया बगानमा काम गर्ने मजदुरलाई आवश्यक तालिम प्रदानगरि हेमिस्टे संचालन गर्न योग्य बनाउन समेत उक्त ज्ञापनपत्रमा अपिल गरिएको छ । ज्ञापनपत्र बुझ्नु हुँदै मुख्यमन्त्री राईले आवश्यक पहल कदमी गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको पार्टी कमिटि अध्यक्ष डिल्लि बहादुर घलेले जनाउनु भएको छ ।