इलामको नेपाल भारत सीमा क्षेत्र कसिलो बन्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

पशुपतिनगर । इलामको नेपाल भारत सीमा क्षेत्रमा शसस्त्र प्रहरीको उपस्थिति बढेसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्थामा सुदृढ भएको छ । सरकारले शसस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा पोष्ट स्थापना गरेपछि नेपाली प्रशासनको उपस्थिति नै नभएका क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ भएको हो । एक वर्ष अघि सुर्योदय नगरपालिका २ स्थित पशुपतिनगरमा शसस्त्र प्रहरीको पहिलो सीमा सुरक्षा पोष्ट स्थापना गरिएको थियो ।
पशुपतिनगरमा सिमा क्षेत्रको सुरक्षाका लागि छुट्टै सीमा सुरक्षा पोष्ट स्थापना भएपछि राहात महसुुस सीमा क्षेत्रमा बसोबास गरेका थप ५ स्थानमा सुरक्षा पोष्ट थपिएसँगै स्थानीय खुसि देखिन्छन् । पर्यटनको प्रचुर संभावना भएको इलामको नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था नहुँदा पर्यटन व्यवसायीले लगानी गर्न सकेका थिएनन् ।

खुल्ला सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी नहुँदा भारतीय सीमा सुरक्षा बल एसएसबीको हप्कीदप्की सहनुपर्ने अवस्थाबाट नेपाली नागरिकले पार पाएको माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताउनुभयो । ‘सीमा क्षेत्रमा समन्वय गर्ने प्रशासन उपस्थिति नहुँदा भारतीय सीमा सुरक्षा बलले विकास निर्माण र पर्यटन प्रवद्र्धनको काममा असर पुगेको थियो–अध्यक्ष राई भन्नुभयो–‘सीमा क्षेत्रमा शसस्त्र प्रहरीको बिओपि स्थापना भएपनि नेपालका तर्फबाट समन्वय र सहकार्य गर्ने दरिलो नेपाल सरकारको टोली पाएपछि हामी सुरक्षित भएको महसुस गरेका छौँ ।’ नेपाल भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटर क्षेत्रमा ७ वटा शसस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना गर्ने नेपाल सरकारको निर्णय रहेको छ । जसमध्ये रोङ गाउँपालिकाको सकलकपुर, सुर्योदयन गरपालिकाको समाल्बुङ, छब्बिसे, पशुपतिनगर, सन्दकपुर गाउँपालिकाको कालपोखरी र माईजोगमाई गाउँपालिकाको जौबारी क्षेत्रमा सुरक्षा पोष्ट राखिएको शसस्त्र प्रहरी नम्बर एक हेडक्वाटर इलामका गणपति सुधिरजंङ थापाले बताउनुभयो ।

७ स्थानमध्ये सूर्योदय नगरपालिकाको मानेभञ्ज्याङ क्षेत्रमा पनि चाँडै अस्थायी पूर्वाधार निर्माण गरि पोष्ट राख्ने तयारी भएको थापाले बताउनुभयो । स्थापना भएका शुरक्षा पोष्ट कतै भाडाका घरमा त कतै प्रयोगविहिन भएर बसेका सरकारी सरचानामा राखिएका छन् । स्थापना भएका मध्ये तीन वटा सीमा सुरक्षा पोष्टको जग्गा व्यवस्थापन गरि स्थायी संरचना निर्माणको कामको थालनी गरिएको छ । चालु आर्थिक वर्षमा सलकपुर, जौबारी र समाल्बुङ सीमा सुरक्षा पोष्टको स्थानीय संरचना निर्माण गरिसक्ने योजनाका साथ ठेक्का संझौताको काम सम्पन्न भएको गणपछि थापाले जानकारी दिनुभयो ।

भारतीय सीमा सुरक्षा बलसँग समन्वय गर्ने शसस्त्र प्रहरीको टोली सीमा क्षेत्रमा राखिएपछि दुईदेशमा समन्वय गर्न पनि सजिलो भएको सन्दकपुर गाउँपालिका अध्यक्ष उदय बहादूर राईले बताउनुभयो । ‘ नेपाली प्रशासनको उपस्थिति नहुँदा भारतीय सीमा सुरक्षा बल हतियार सहित नेपाल भित्र आउने गरेकाले जनता त्रसित हुँदै आएका थिए–अध्यक्ष राईले भन्नुभयो–‘सीमा सुरक्षा पोष्ट स्थापना भएपछि नेपाली नागरीकसँगै पर्यटकीयस्थलमा पुग्ने पर्यटकहरुले पनि सुरक्षाका महसुस गरेका छन् । ’
सन्दकपुर र माईजोगमाई क्षेत्रको जौवारी र कालपोखरीमा सुरक्षा पोष्ट स्थापना भएपनि प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर कैयाकट्टा, मेघमा र गैरीबासमा पोष्ट स्थापनाको माग गरेको राईले जानकारी दिनुभयो । राईले भन्नुभयो–‘सुरक्षाकर्मीको घर बनाउन जग्गा अभाव भएकाले नेपाल सरकारको अ‍ैलानी प्रति बाझो जग्गा उपयोग गर्न पाउने नितीगत निर्णय गरेर स्थायी संरचनाका लागि जग्गा व्यवस्थापन गर्नुपर्छ ।’ ‘सरकारी प्रयोजनका लागि सीमा सुरक्षा बलको घर बनाउन सरकारले सरकारी जग्गा प्रयोग गर्ने नितिगत निर्णय गरे राम्रा हुन्थ्यो– अध्यक्ष राईले भन्नुभयो–‘सरकारी जग्गा सरकारी कार्यालयले प्रयोग गर्ने नितिगत निर्णय भएमा स्थानीय तहलाई जग्गा व्यवस्थापनको समस्या हुदैन ।’‘कालपोखरीमा जग्गा अभाव भएकाले भाडामा राख्न बाध्य छौँ राईले भन्नुभयो– जौबारीमा पनि ६ रोपनी जग्गा किनेर जग्गा उपलब्ध गराएका छौँ । त्यो पनि सीमा क्षेत्रबाट एक किलोमिटर भित्रपर्छ ।’ भारतको दशगजामै भएकाले हाम्रो पनी दशगजा भित्र नेपाल सरकारको जमिनमा निर्माण गरिनपर्ने अध्यक्ष राईको माग छ । अध्यक्ष राईले भन्नुभयो–‘नितिगत निर्णय भए कुनैपनी सुरक्षाकर्मीका लागि जग्गा उपलब्ध गराउन सजिलो हुन्छ र सहज रुपले भवन निर्माण गर्न पाइन्छ ।’

सीमा क्षेत्रका बस्तिनै सीमा रक्षा किल्ला भएकोमा राष्ट्रले ढिलै भएपनि सीमा सुरक्षा पोष्ट स्थापना भएपछि नेपालको सुरक्षाको दायारा फराकिलो हुनुका साथै सीमा क्षेत्रबाट हुने अपराधहरु नियन्त्रण हुने इलाम नगरपालिका प्रमुख महेश बस्नेले बताउनुभयो । ‘किल्लामा रहेका सीमाका बस्तिमा बस्ने नागरिकनै हिजो सीमा सुरक्षाका जवान थिए अहिले सुरक्षाकर्मीनै उपस्थित भएपछि गर्वको विषय पनि बनेको छ प्रमुख बस्नेतने भन्नुभयो– ‘यो सुरवात भएकाले सीमा क्षेत्रको रक्षासँगै जनताको सुरक्षामा प्रमुख प्राथमिकता हो ।’
जिल्ला समन्वय प्रमुख गणेश बरालले स्थापना भएका सीमा सुरक्षा पोष्टलाइए थप व्यवस्थापनको काम अघि बढाउन माथिल्लो निकायसँग आग्रह गरिएको बताउनुभयो । ‘ सीमा रक्षा, संवेदनसिल क्षेत्रको संरक्षण, जैविक विविधता, चोरी निकासी र तस्करी नियन्त्रणको काममा सुरक्षा पोष्टका सुरक्षाकर्मी खटिने भएकाले थप व्यवस्थित बनाउन निर्माणको काम पनि थालिएको बरालले जानकारी दिनुभयो । विकास निर्माणका काम अघि बढेपनि सीमा क्षेत्रमा पटक पटक समस्या आउने भएकाले समन्वयको सरकारी निकाय उपस्थितिले धेरै समस्या हट्नेछन् –बरालले भन्नुभयो–‘नेपाल भारत संयुक्त सर्झेको काम नहुँदा विकासका योजनाहरु निर्माणको बाध फुकाउने काम सीमा सुरक्षा पोष्टका सुरक्षाकर्मीले पनि गर्नेछन् ।’

प्रदेश सासंद खिनु लङ्वा लिम्बुले शसस्त्र प्रहरी बलको उपस्थितिले सीमा सुरक्षा र नेपाली नागरिक ढुक्कका साथ बस्ने वातावरण भएको बताउनुभयो । वहाँले इलामको नेपाल भारत सीमा क्षेत्रमा ४–४ किलोमिटरको फरकमा सीमा सुरक्षा पोष्ट राख्नुपर्ने बताउनुभयो ।
‘हामीले प्रदेश एक सरकार र प्रदेशसभामा पनि कुरा उठाएका छौँ–लिम्बुले भन्नुभयो–‘सन्दकपुर, आहाल, कैयाकट्टा, मेघमा, गैरीबास, समाल्बुङ खोला गोदाम र मेची र सिद्धि खोलाको दोभानमा बिओपि राख्नुपर्छ ।’ सीमा क्षेत्रमा नेपाली प्रशासनको उपस्थिति नहुँदा प्रदेश सरकारका योजना कार्यान्वयनमा समस्या भएकाले सुरक्षा पोष्ट स्थापनाले भारतीय सीमा सुरक्षा बल एसएसबीले गर्ने अवरोध हट्नेछ ।’ सीमाबाट ३ सय मिटर तल आएर भारतीय एसएसबीले विकासका योजनाहरु रोक्ने काम गरेका छन्–वहाँले भन्नुभयो– ‘कतिपय क्षेत्रमा जनता आफैले पूर्वाधार निर्माणको काम गरेपनि तीन वटा योजना एसएसबीको अवरोधले अधुरै रहेका छन् ।’ सीमामा सुरक्षाकर्मी बसेपछि पर्यटनको विकास र पूर्वाधार निर्माणमा प्रदेश सरकारले सीमा सडकको योजनालाई प्राथमिकता दिएको सांसद लिम्बुको भनाइ छ । ‘सीमा सडकको १५ किलोमिटर ट्रयाक ओपन गर्नुपर्ने बाँकी रहेकाले तत्काल बजेटको व्यवस्थाका लागि प्रदेश सरकारबाट काम गर्न पहल भइरहेको वहाँले बताउनुभयो । वहाँले माईजोगमाई गाउँपालिकाको तुम्लिङमा प्रदेश एक सरकारका कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री राम बहादूर राना मगरले सीमा सुरक्षा पोष्ट स्थापनापछि सीमा क्षेत्रको पिलर सर्ने घटना नहुने बताउनुभयो ।

इलाम क्षेत्र नम्बर २ को एकबाट प्रदेशसभामा निर्वाचित रानाले नयाँ संविधान निर्माणपछि पछिका सरकारले सीमा क्षेत्रमा सुरक्षाकर्मी राख्ने योजना गरे अनुसार सीमा सुरक्षा पोष्ट स्थापना भएपनि भारतको तुलनामा संख्या कम भएको बताउनुभयो । ‘छिमेकी देशको तुलनमा हाम्रा पोष्टहरु कम भएपनि सीमा क्षेत्रमा हुने अबैधानिक कामसँगै भुमि रक्षाका लागि महत्वपूर्ण काम हुने मन्त्री रानाको भनाक्ष् छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय