नेकपा अध्यक्ष पुष्पकमल दाहालले ७० वर्ष लडेर प्राप्त गरेको उपलब्धिमाथि कम्युनिष्ट पार्टी भित्रैबाट क्रुर प्रहार भएको बताएका छन् । पार्टीको भातृ संगठनले सोमबार केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजना गरेको कार्यक्रममा दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरी संघर्षबाट प्राप्त उपलब्धिलाई खतरामा पारेको बताएका हुन् ।
कम्युनिष्ट पार्टीभित्र ठूलो सांस्कृतिक, वैचारिक विचलन देखा पर्यो । हामीले ७० वर्ष लडेर ल्याएका उपलब्धिमाथि क्रुर प्रहार भएको छ, कम्युनिस्ट पार्टी भित्रैबाट । हामीले नै अगाडि बढाएको नेतृत्वबाट,ु दाहालले भने ।
२०४७ सालको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार दिएको र त्यसको दुरुपयोग भएको कुराबाट शिक्षा लिएर अहिलेको संविधानमा त्यो अधिकार कटौती गरिएको अध्यक्ष दाहालको भनाइ थियो । ुप्रधानमन्त्रीको सनक चढ्यो भने संसद् विघटन गर्ने विगतको अभ्यासबाट पाठ सिकेर अहिलेको संविधानमा प्रधानमन्त्रीबाट संसद् विघटनको अधिकार खोसेका थियौं । त्यसमा स्वयम् केपी ओली पनि सहमत हुनुहुन्थ्यो,ु उनले भने, ुपार्टीको कुरा होइन । सदनभित्र चार विकल्पसम्ममा जाँदा पनि कसैलाई बहुमत भएन भने मात्रै संसद् विघटन गर्ने भनिएको छ ।ु नेकपाभित्रको आन्तरिक विवादलाई लिएर संसद् विघटन गर्नु गलत भएको दाहालको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले आफूसँग संवैधानिक रूपमा नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरेकाले संसद् जीवित रहेको दाहालको भनाइ थियो । ुयो संवैधानिक प्रावधान अदालतले बुझ्दैन भन्ने हामी ठान्छौं भने त्यो अदालतको सम्मानप्रति अपमान ठहरिन्छ ठान्छु । अदालतबाट छिटोभन्दा छिटो सदन चल्ने आदेश आउनेछ भन्ने विश्वास गर्छु,ु उनले भने ।
संसद् विघटनको असंवैधानिक कदम चालेको ओलीको सरकार विघटन भएको दाहालको भनाइ थियो ।
पार्टीभित्र व्यक्तिवादी सोच र गुटअनुसार चल्ने कि अन्तरिम विधानअनुसार चल्ने भन्नेमा विवाद रहेको स्वीकार्दै दाहालले त्यसैको निहुँमा मुलुकमा संवैधानिक संकटको अवस्था ल्याउने कदम चालिएकोमा असन्तुष्टि व्यक्त गरे ।
पार्टीका केही नेताहरू ओली पक्षमा लागेको र उनीहरू विगतमा झैं भविष्यमा पनि आफ्नो पक्षमा आउने दाहालको भनाइ थियो । ुकेही साथीहरू क्षणिक लोभका निम्ती, जानेबुझेका साथीहरू उतातिर गएका छन् । उनीहरू फेरि आउन् । धेरै दिन बस्दैनन् । उनीहरू बैशाखसम्म फर्केर आउँछन्, उनले भने ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसपछि सत्तारुढ नेकपामा फुट आएको छ । ओली पक्षले निर्वाचनमा जाने घोषणा गरेको छ भने दाहाल(माधवकुमार नेपाल पक्षले संसद् विघटनको विरुद्धमा सडक आन्दोलनमा जाने भन्दै कार्यक्रम घोषणा गरेको छ ।थाहाखबरबाट