प्रधानमन्त्रीको असंवैधानिक कदम बिरुद्ध इलाम बजारमा मशाल जुलुसः जनादेशको कदर गर्न आग्रह

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको राष्ट्रिय युवा संघ र अनेरास्ववियू इलामले विरोध गर्दै मशाल जुलुस निकालेका छन् । इलाम सदरमुकाममा नेकपा निकटका युवा र विद्यार्थी प्रधानमन्त्रीले जनादेशको उपेक्षा गर्दै संसद विघटन गर्नु गलत भएको भन्दै आन्दोलित भएका हुन् ।

इलामको टुडिखेलबाट मशाल जुलुुसका सहभागीहरुले तानाशाह मुर्दावाद, संसद विघटनको निर्णय खारेज गर, असंवैधानिक कदम खारेज गर लगायतका नारा लगाएका थिए । जुलुस चोक बजारमा पुगेर कोणसभा परिणत भएको थियो । कोणसभा लाई अनेरास्ववियु इलाम जिल्ला कमिटी सदस्य दिनेश ढकाल,नेकपा जिल्ला कमिटी सदस्य प्रकाश परियार युवा संयोजक महेश तिवारी,नेकपा जिल्ला कमिटी सदस्य तथा युवा सह संयोजक बिक्रम लिम्बू र नेकपा जिल्ला कमिटी सदस्य पेमा उगेन लामाले सम्बोधन गरेका थिए ।

वक्ताहरुले प्रधानमन्त्रीको सनक र रवैयाका कारण मुलुक संकटमा परेको बताए । उनीहरुले असंवैधानिक कदम खारेज गरेर जनताको जनादेशको कदर गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय