नेम्बाङ निकट मानिएका फाकफोकथुमका नेता थापा प्रचण्ड तर्फ नेकपामा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामःनेपाल कम्युनिस्ट पार्टी (नेकपा) फाकफोकथुमका नेता एवं जनप्रतिनिधि वाडा नं ७ का अध्यक्ष लोक बहादुर थापाले आफु प्रचण्ड÷माधव÷झलनाथ नेतृत्वको आधिकारिक पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा भएको बताएका छ्न् । संविधानको पुर्ण कार्यान्वयन, समृद्धिको यात्रा, लोकतन्त्रको रक्षा एवं सम्पुर्ण परिवर्तनको संस्थागत प्रचण्डको नेतृत्वबाट मात्र सम्भव हुने भएकोले आफु प्रचण्ड÷नेपाल नेकपामा भएको बताएका हुन्।

लामो समय देखि तत्कालीन नेकपा एमालेमा रहेर साविक एकतप्पा पार्टी अध्यक्ष समेत भएका थापाले आफु सहित अधिकांस पार्टी सदस्य प्रचण्ड÷नेपालको नेतृत्वमा रहेको दाबि गरेका छ्न् ।

विगतमा आफु केपि ओलि र सुवास नेम्बाङ पक्षमा रहेकोे बताउने थापाले फाकफोकथुममा ओलि÷नेम्बाङले गलत कुराको पछाडि लाग्ने, गलत मनसाय बोक्ने र पार्टीको हित विपरीत काम गर्नेलाइ मात्र संरक्षण गरेकाले आफुलाइ त्यो गुट संग जोडेर बदनाम नगर्न समेत आग्रह गरेका छन् । प्रधानमन्त्री ओलिले आफू अल्पमतमा परेको झोँकमा आफ्नो कुर्सी धरापमा पर्‍यो भनी संसदको सामना गर्नुको साटो रास्ट्रपति सँग मिलेर असंवैधानिक कदम चालेको उनको आरोप छ ।

उनले देशलाई ठूलो आर्थिक भारमा पार्ने सपना देख्ने ओली र ओली समुहलाई जनताले साथ नदिने समेत बताएका छ्न् । पार्टीले लामो समय देखि इलामको प्रतिनिधि सभा अन्तर्गत २ नं निर्वाचन क्षेत्र र उपाध्यक्ष सहित बहुमत सदस्य फाकफोकथुममा पार्टीले नेतृत्व गरेपनि नेतृत्व गलत मनसाय र विकास प्रतिको सहि दृस्ठिकोण नभएकोले जनताको अपेक्षा अनुसार समृद्धिको यात्रामा अगि बड्न नसकेकोमा दुख ब्यत्त गर्दै आफुले विकास र समृद्धिको लागि पटक÷पटक पहल र संवाद गर्दा पनि ओलि÷नेम्बाङ गुटले आफुलाइ असहयोग गरेको समेत उनले बताएको नेपाल कम्युनिस्ट पार्टी इलामका सदस्य प्रकाश परियार जानकारी दिईएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय