इलाम,नेपाल कम्प्युनिष्ट पार्टी ९नेकपा० भित्रको विभाजन पालिका स्तरसम्मनै देखिएको छ । जिल्ला मात्र होइन, पालिका तहसम्मनै भेला र कमिटी बनाउने कामलाई प्रचण्ड र ओली दुवै पक्षले तीब्रता दिएका छन् । प्रचण्ड पक्षले जिल्ला भेला गरेर साविकका उपाध्यक्ष भक्त केसीलाई अध्यक्ष र केही कार्यालय सदस्य थप गरेको भोलि पल्ट इलाम नगरपालिका संसदीय दल र नगरकमिटीले संयुक्त रुपमा भेलाको आयोजना गरेकोे छ । भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्री तथा नेकपाका जिल्ला अध्यक्ष राम रानाको प्रमुख आतिथ्यतामा इलाम नगरपालिकाको सभा हलमा भेला गरिएको थियो । यसरीनै प्रचण्ड पक्षको नेकपाको पनि विभिन्न पालिकाहरुमा भेलाहरु भइरहेको बुझिएको छ । भेलामा पूर्व एमालेबाट निर्वाचित सबै वडाध्यक्ष र अधिकांश सदस्यहरुको उपस्थिति थियो ।
भरखरै मनोनित ओली पक्षको नेकपाको केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष राम राना, केन्द्रीय सदस्य तथा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, पदम भण्डारी, नरेन्द्र भट्टराई, जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले भेलालाई सम्बोध गरेका थिए । भेलामा ओली पक्षका इलाम नगरपालिका नगर कमिटी, नगरपालिकामा उपलब्ध जिल्ला कमिटी र इलाम नगरपालिका प्रमुख, उपप्रमुख, नेकपा एमालेबाट विजयी सबै वडाध्यक्ष र सदस्यहरुको उपस्थिति थियो । वडा नं। १ का सदस्य टेकबहादुर कटुवाल भने उपस्थित थिएन् । यसरीनै भेलामा इलाम नगरपालिकामा उपलब्ध भातृ संगठनको प्रमुख र प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।
कार्यक्रम नगर कमिटीका नरेन्द्र खड्काले सञ्चालन गरेका थिए भने नगर संसदीय दलका प्रमुख सचेतक नारद लम्सालले सहभागीलाई स्वागत गरेका थिए । सरलपाटिबाट
इलाम नगरपालिकामा पूर्व एमालेबाट निर्वाचित सबै वडाध्यक्ष ओली पक्षमा
२०७७ पुष १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2024: ILAM KHABAR मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd