माईजोगमाईमा नेकपाको गाउँपालिका स्तरिय कार्यकर्ता भेलाः प्रतिगामी कदमको चर्को विरोध

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २२,
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

रोशन काफ्ले,नयाँबजारः नेपाल कम्युनिष्ट पार्टी नेकपाको माईजोगमाई गाउँपालिका स्तरिय कार्यकर्ता भेला सम्पन्न भएको छ । प्रचण्ड–झलनाथ–माधव समुहले गाउँपालिकाको केन्द्र नयाँबजारमा कार्यकर्ता भेटघाट आयोजना गरेको हो । गाउँपालिका कमिटी अध्यक्ष छिरिङ मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य मणीकुमार लिम्बुको प्रमुख आतिथ्यता र नेकपा प्रदेश कमिटी सदस्य एवम प्रदेश सांसद खिनु लङ्वा लिम्बु, रहेको थियो ।

कार्यक्रममा जिल्ला अध्यक्ष भक्त केसी, कार्यालय सदस्य तेजबहादुर राई बिजय, नेकपा कार्यालय सदस्य तथा सूर्योदय नगर प्रमुख रणबहादुर राई, जेवि फिलिहाङ, नेकपा क्षेत्र नं १ संयोजक टेकबहादुर राई, गाउँपालिका उपाध्यक्ष एवम नेकपा नेतृ सावित्रा भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी लिम्बुले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगामी कदमले मुलुकलाई बिसर्जनबाद तर्फ धकेलेको बताए । उनले जनताको मतलाई प्रधानमन्त्रीले अपमान गर्दै आफु खुशी निर्णय गर्दा मुलुक गम्भिर संकटमा फसेको आरोप लगाए । उनले बहुमत केन्द्रिय सदस्य रहेको कारण सूर्य चिन्ह आफुहरुले प्राप्त गर्ने भएको बताए ।

उनले नेकपाका नेता कार्यकता दरिलो नभए देश गम्भिर दुर्घटनामा फस्न सक्ने भएकाले सबै एकजुट भएर प्रधानमन्त्री ओलीको कदमका विरुद्धमा लाग्नुपर्ने बताए । कार्यक्रमा बोल्दै प्रदेश कमिटी सदस्य एवम प्रदेश सांसद लङ्वाले प्रधानमन्त्रीको असंवैधानिक र प्रतिगामी कदमले अहिले प्रदेशसभामा समेत गम्भिर समस्या निम्तिएको बताइन् ।

उनले आफ्नो मर्यादा नाघेर मुख्यमन्त्री शेरधन राईले १५ जना प्रदेश सांसदलाई कारवाहीले उनी आफैलाई संकटको अवस्था खडा भएको बताइन् । लङ्वाले मुख्यमन्त्रीले दायित्व विर्सिर अघि बढ्नाले बहुमतका साथै प्रदेशको संसदीय दलको नेताबाट बर्खास्त गर्नुपरेको बताइन् ।

जिल्ला अध्यक्ष भक्त केसीले अहिले आफुहरु जिल्लामा बहुमतको अवस्थामा रहेकाले कार्यकर्ताहरुलाई बिचलित नहुन आग्रह गरे । उनले बहुमत भएकाले आफुहरु संस्थापक भएको कारण अल्पमतकाहरुको झुटो आश्वासनमा फस्नु नहुने बताए । केसीले ओली पक्ष अल्पमतमै भएको कारण पालिकाहरुमा झुटो आश्वासन र पद बाड्दै हिडेको आरोप लगाए ।

उनले जिल्ला तहमा मात्रै नभई वडा वडामा प्रधानमन्त्रीको कू को विरुद्ध जनताहरु एकजुट हुने आग्रह गरे । जिल्ला सदस्यहरू गञ्जु प्रधान, राममाया राई, नोमनाथ खतिवडा ,हुकुम थामी ,बिक्रम लिम्बू, जिल्ला कार्यालय सचिव सोमनाथ शर्मा, राष्ट्रिय युवा संघ ,इलामका संयोजक महेश तिवारी ,अनेरास्ववियू इलामका सहसंयोजक विपिन पोख्रेल लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमको संचालन गाउँपालिका सचिव देवि शिवाकोटीले गरेका थिए ।स्थानियसंदेशबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय