हतास नहुन नेतृत्व पंक्तिलाई नेकपा सूर्योदय नगरका कार्यकर्ताको आग्रह

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

फिक्कल,नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सूर्योदय नगरपालिकाका कार्यकर्ताहरुले नेतृत्वलाई हतास नहुन सुझाव दिएका छन् । लाप्चा भवनमा प्रचण्ड–माधव समुहका कार्यकर्ताहरुले नगर कमिटीको बैठकका १४ वटै वडामा पार्टीको अवस्थाको बारेमा अवगत गराउँदै अहिलेसम्मको अवस्थामा बलियो रहेको कारण प्रधानमन्त्रीको असंवैधानिक कदमको विरुद्ध सबै कार्यकर्ताहरु एकजुट भएर अघि बढ्ने बताए।

वडाका प्रतिनिधिहरुले जिल्ला तहका नेताहरुमाझ स्थानीय तहमा उम्मेदवार हराउन सक्रिय भएकाहरुले मात्र अर्को समुह रोजेका कारण सूर्योदय नगरपालिकामा अहिले चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए । उनीहरुले जिम्मेवारी बोध गर्नेपर्ने केही जनप्रतिनिधिहरु पार्टी फुटाएर फाइदा लुटने मनसाय बनाएर अघि बढेकाले उनीहरुलाई कारवाही गर्न नेताहरुलाई सुझाव दिए ।

नगर कमिटी अध्यक्ष सोनाम लामाको अध्यक्षतामा भएको भेलामा बोल्दै जिल्ला कमिटी अध्यक्ष भक्त केसीले प्रधानमन्त्री ओलीले जनमतको उपेक्षा गर्दै विदेशीको इशारामा चलेर देशलाई संकटमा पारेको आरोप लगाए । उनले नेकपालाई विश्वास गरेर पुर्व मेची देखि पश्चिम महाकालीसम्मका जनताले दिएको २ तिहाई मत प्रधानमन्त्रीले सनकका भरमा संसद विघटन गरिदिँदा कम्युनिष्ट प्रतिकै विश्वास उठेको बताए ।

केसीले कम्युनिष्ट पार्टी नेता प्रधान नभई निति प्रधान हुने भएकाले प्रधानमन्त्रीको असंवैधानिक कदमको विरुद्ध सबै एक जुट भएर लाग्न सुझाव दिए । उनले निति र विधि नै नमान्ने ओली जबजको सिद्धान्तको मागदर्शक नभएको आरोप लगाए ।

नेकपा कार्यालय सदस्य बिजय खम्बुले नेकपा दुई खेमामा विभाजन हुनुको मुख्य कारण मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० रहेको बताए । उनले ५० अर्ब डलरको पोको देखाएर नेपाललाई उपनिवेश बनाउने अमेरिकी चालको खुलेर विरोध गरेको कारण नै ओलीले संसद भंग गर्ने दुष्साहस गरेको बताए ।

उनले संविधानको धारा ७६ अनुसार संसद विघटन गरियो भन्नु दिउँसै रात पार्नु जस्तै भएको बताए । खम्बुले कम्युनिष्ट व्यवस्थालाई धरासायी बनाएर जितेको महसुस गर्ने ओली र उनका आसेपासेलाई केही दिन भित्रै पश्चताप हुने उल्लेख गरे । उनले कानुन सम्मत हिसाबले संसद पुर्नस्थापना र निर्वाचन आयोगबाट चुनाव चिन्ह र झन्डा आफुहरुले पाउने भएकाले कार्यकर्ताहरुलाई केही समय धौर्यतामा रहन आग्रह गरे ।

अर्का कार्यालय सदस्य रणबहादुर राईले एउटा व्यक्तिको रबैयाको कारण देश पश्चयगमनमा गएको आरोप लगाए । उनले देशलाई कुन दिशामा धकेल्ने भन्ने एउटा व्यक्तिको हातमा रहेको कारण प्रधानमन्त्री ओलीले राजिनामा दिने ।वितिकै समस्याको हल हुने बताए । उनले फुटेर पार्टी नसकिने उल्लेख गर्दै मुल पार्टीको गतिमा टुटफुटबाट असर नआउने उल्लेख गरे । विगतमा माले, एमाले लगायत पार्टीहरुको फुटको श्रृङखलाको चर्चा गदै राईले प्रतिगमनको विरुद्ध एक ढिक्का भएर २ तिहाई जनमतको रक्षा गर्न कम्युनिष्टहरु लाग्नुपर्ने बताए ।

नेकपा कार्यालय सदस्य जेबी फिलिहाङले भ्रष्टचार सुन्न चाहन्न भन्ने प्रधानमन्त्री ओली आफै भ्रष्ट्रचारको जालोले जेलिएको बताए । उनले बाइड बडी प्रकरण, प्रिन्टिङ प्रेस जस्ता भ्रष्टचारको जालोका कारण नै प्रधानमन्त्री ओली असफल भएको उनले बताए । प्रधानमन्त्री ओलीको आफ्नै अहंकारको कारण देशलाई संकटमा धकेल्न थालेपछि पटक पटक पार्टीका बैठकहरु सामना गर्न नसकेपछि संविधानको अपव्याख्या गर्दै कु गरेको फिलिहाङले आरोप लगाए ।

उनले संसदको पुर्नस्थापना नभई आगामी बैशाखमा चुनाव भएमा लामो समयको प्रयासपछि बनेको संविधान नै संकुचन हुने बताए । उनले ओलीले अंगालेको पश्चगामनलाई छाडेर अग्रगामनको पक्षमा सतिसाल झै उभिन कार्यकर्ताहरुलाई आग्रह गरे ।

नेकपाका सचिवालय सदस्य विवेक राईले कम्युनिष्टको खोल ओडेर पश्चगामनको नेतृत्व चिन्न जरुरी रहेको बताए । उनले बिचार कार्यान्वयनका लागि निति र नियम भित्र संगठन चल्न नसके देश नै भद्रगोल हुने बताए । उनले जनमतको उपेक्षा गर्दै पश्चगामनलाई पुष्ठपोषण गर्ने पक्षलाई परास्त गर्न कम्युनिष्ट पार्टीका सदस्यहरु एक ढिक्का भएर अघि बढ्ने समय आइसकेको बताए ।

उनले अब नेकपालाई कम्युनिष्ट बिचार र प्रक्रियामा लाग्न खरो भएर सबै कार्यकर्ताहरु उत्रिनुपर्ने बताए । विभाजनको दिशा तर्फ नेकपा गएको उल्लेख गदै राईले सिद्धान्तलाई रुपान्तरण गर्न सके विभाजन रोक्न सकिने अवस्था अझै पनि रहेको बताए ।

सचिवालय सदस्य एवम इलाम नगर इन्चार्ज प्रवाश शर्माले संविधानकै संरक्षकहरुले कार्यान्वयको काममा छुरा हान्ने प्रयास गरेको आरोप लगाए । उनले स्थीर सरकारका लागि जनताको दिएको मत केही व्यक्तिको सनकका कारण धरापमा परेको बताए । उनले प्रधानमन्त्री आफ्नो पार्टी भित्रको विवाद समाधानका लागि राखिएको बैठकबाट भागेर देशलाई नै धरासायी बनाउने बाटो तर्फ अघि बढेको बताए । उनले प्रतिगमनको कार्यको विरुद्ध खरो रुपमा नउत्रिए कम्युनिष्ट आन्दोनलको मर्ममा नै आँच आउन सक्ने उनले बताए ।

नेकपा इलाम क्षेत्र नं १ का सदस्य युवाराज बाशिष्ठले अहिलेको अवस्थामा कारवाही भन्दा पनि सबैलाई मिलाएर जान सके कम्युनिष्ट आन्दोलनलाई फाइदा पुग्ने बताए । उनले जनताको जनादेशको कदरको लागि कम्युनिष्टहरु मिल्नुको विकल्प समेत नरहेको बताए । कार्यक्रममा जिल्ला कमिटिका पदाधिकारी, नगर कमिटी र वडा कमिटीका पदाधिकारीका साथै सयौको संख्यामा कार्यकर्ताहरु लाप्चा भवनमा भेला भएका थिए ।

स्थानिय सन्देश

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय