इलाम । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सरकारले गरेको असंवैधानिक कदम विरूद्ध नेपाली कांग्रेस ले ७७ वटै जिल्लामा विरोध गर्ने कार्यक्रम अनुरु इलाम कांग्रेसले समेत विरोध जनाएको छ । जिल्लाका १० वटै पालिकाका कार्यकर्ताहरु इलाम बजारमा भेला भएर र्यालीका साथ सरकारको प्रतिगमनको विरोध गरेका हुन् ।
टुडिखेलबाट ¥याली सुरु गरि मालापथ हुँदै चोकबजारमा आएर कोणसभा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै विघटित प्रतिनिधि सभाका सदस्य प्रकाश रसाइलीले संविधान र गणतन्त्रको रक्षाका निम्ति सवै एकजुट हुन आह्वान गरे । उनले केपी ओली सरकारले नेपालको संविधान र गणतन्त्रलाई खतरामा पारेकाले खबरदारी नगरे मुलुक संकटमा पर्ने बताए ।



उनले अहिलेको सरकारको प्रतिगमनका विरुद्ध गाउँगाउँबाट एकजुट भएर विरोध गर्न आग्रह गरे । कोणसभालाई नेपाली कांग्रेस महासमिति सदस्य तोयानाथ भट्टराई, पुर्व जिल्ला सभापति एवम महासमिति सदस्य केशव थापा, जिल्ला उपसभापति शान्तिकला तामाङ राई लगायतले सम्बोधन गरेकाे जिल्ला सचिव निरोज खड्गीले जानकारी दिए । कार्यक्रम जिल्ला सभापति हिमालय कर्मचार्यको सभापतित्वमा भएको थियो ।

