नेम्बाङले भने ‘पार्टीको आधिकारिकता र चुनाव चिह्न सूर्य पनि ओली नेतृत्वको नेकपाको’

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले पार्टीको आधिकारिकता र चुनाव चिह्न सूर्य पनि ओली नेतृत्वको नेकपाले नै पाउने दाबी गरेका छन् । निर्वाचन आयोगले यसअघि नै गरेको निर्णयले पार्टीको आधिकारिकता र चुनाव चिन्ह ओली नेतृत्वको नेकपाले पाउने उनले बताए ।

‘आयोगले दुवै अध्यक्षको निर्देशनमा महासचिवले बोलाएको बैठक मात्र आधिकारिक हुन्छ भनिसकेपछि पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णु पौडेल नै हो ’ नेम्बाङले भने । उनले आफ्नो निर्णयलाई नै सदर गरी सर्वोच्च अदालतको निर्णय आउनेमा प्रधानमन्त्री केपी शर्मा ओली विश्वस्त रहेको बताए ।

उनले प्रधानमन्त्रीमाथि आफ्नो विश्वास रहेको भन्दै घुमाउरो शैलीमा नेम्बाङले प्रतिनिधिसभा पुर्नस्थापित नहुने संकेत गरे । ‘आफूले गरेको निर्णय सदर हुन्छ भन्नेमा प्रधानमन्त्री शतप्रतिशत मात्र होइन, २ सय प्रतिशत ढुक्क हुनुहुन्छ,’ गृहजिल्ला इलाममा बिहीबार आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेम्बाङले भने ‘सर्वोच्चमा विचाराधीन मुद्दामा म अहिल्यै केही भन्दिनँ तर प्रधानमन्त्रीप्रति मलाई पूर्ण विश्वास छ ।’

सरकारले संसद्मा पेश गरेका विधेयकमाथि छलफलै नगराउनेदेखि प्रधानमन्त्रीका काममा बारम्बार अवरोध भएपछि संसद् विघटन गर्नुपरेको प्रधानमन्त्रीको स्पष्टोक्ति रहेको उनले बताए । नेम्बाङले कुनै पनि हालतमा तोकिएकै मितिमा निर्वाचन हुने दाबी पनि गरे। नेम्बाङले चुनावको विरुद्धमा लाग्नु चाहिँ प्रतिगमन भएको बताए ।

‘म चुनाव गराउँछु भन्नु संवैधानिक र लोकतान्त्रिक विधि हो, प्रतिगमन होइन,’ उनले भने, ‘जो चुनाव हुनु हुँदैन भन्दै छन्, चुनाव नगराउन दबाब दिँदै निर्वाचन आयोगलाई धम्क्याइरहेका छन्, त्यसले चाहिँ प्रतिगमन ल्याउने हो, त्यो चाहिँ प्रतिगमन हो ।’localsandesh

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय