
इलाम ।ओली सरकारले पछिल्लो समय गरेको पेट्रोलियम मुल्य वृद्धिको अनेरास्ववियू इलामले समेत विरोध गरेको छ । प्रचण्ड–माधव समुह निकटको विद्यार्थी संगठनको देशव्यापी कार्यक्रम अनुसार इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विरोध सभा गरेको जिल्ला संयोजक मानबहादुर गुरुङले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले ओली नेतृत्वको सरकारलाई तत्काल मुल्य बृद्धि हटाएर सच्चिन आग्रह गरेका छन् । उनले अहिलेको कोरोनाको प्रभावले जनता र मुलुक थिलथिलो भएको अवस्थामा सरकारको जनता विरोधी कदम घोर भत्सर्नायोग्य रहेकाले नसच्चिए चरणबद्ध आन्दोलनबाटै सरकारलाई घुडा टेकाइने बताए ।



इन्डियन आयल कर्पोरसन ९आईओसी९ ले १६ फेब्रुअरीमा पठाएको मूल्य बढेर आएको भन्दै निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले डिजेल, मटीतेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटरमा २ रुपैयाँ मूल्य बढाएपछि विद्यार्थी संगठनले विरोध गरेका हुन् ।