इलामको रोङमा ओली समुहको गाउँ कमिटी गठन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ओली समुहको रोङ्ग गाउँ कमिटीको अगुवा कार्यकर्ता भेला बिहिबार सम्पन्न भएको छ । गाउँ कमिटी सह–इन्चार्ज बिष्णुमाया खवासको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष एवम् १ नं प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम बहादुर मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं प्रदेश सांसद काजिमान कागते, पार्टी जिल्ला कार्यालय सदस्य एवम् कार्यालय सचिव नवराज शंकर, जिल्ला सचिवालय सदस्य एवं सुर्योदय नगरपालिका उपप्रमुख दुर्गादेवी भट्टराई, जिल्ला सदस्य डिक बम्जन र पार्टी नेता एवं रोङ्ग–५ का वडाध्यक्ष युवराज खाप्तुवा राईले मन्तव्य व्यक्त गरेका थिए ।

भेलाले खड्गबहादुर आलेलाई अध्यक्ष पदमा चयन गरेको छ । अगुवा कार्यकर्ता भेलाले पार्टीको ८३ सदस्यीय गाउँ कमिटीलाई विस्तार गरेर एक सय ११ सदस्यीय कमिटी बनाएको जिल्ला पार्टी कार्यालय सदस्य नवराज शंकरले बताए । भेलामा जिल्ला सचिवालय सदस्य साबित्रा शिवा, रण बहादुर गुरुङ, अर्जुन गुरुङ्ग, प्रेम गुरुङ्ग, चुडामणि भुजेल, खड्ग राई, हर्कसिंह राई, सुष्मा निरौला, अमरबहादुर भुजेल, लेखनाथ निरौला, द्रोण आचार्य लगायतका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य पार्टी नेता एवं रोङ्ग गाउँपालिका–१ का वडाध्यक्ष बुद्धि बहादुर ढकालले गरेका थिए । कार्यक्रमको सञ्चालन पुरन राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय