ओलीको कटाक्षः “ जित्यौं भनेर भाइहरूले लड्डु खाएछन्, के जिते थाहा छैन”

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई भाइको संज्ञा दिँदै कटाक्ष गरेका छन्। बुधबार काठमाडौंमा आयोजित ‘नेपालको माटोको डिजिटल नक्सा’ सार्वजनिक कार्यक्रममा ओलीले भने, ुमेरा केही भाइहरूले लड्डु खुवाइ खुवाइ गरेछन्। हामीले जित्यौँ भनेर लड्डु खाएछन्। तर, के जित्यौं भन्ने उहाँहरूलाई चाहिँ थाहा छैन।ओलीको सिफारिसमा पुस ५ गते राष्टपति विद्यादेवि भण्डारीले विघटन गरेको संसद् सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि मंगलबार प्रचण्ड र माधवले एक अर्कालाई लड्डु खुवाएर खुसियाली साटेका थिए।

उनले लड्डु खाएर के पाउँछौँ भन्ने थाहा नभएको बताए। प्रतिनिधिसभा पुनस्स्थापनापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओलीले प्रचण्ड र माधवले भोलिपर्सिदेखि आफ्नो राजीनामा माग्न थाल्ने सुनाए। ुमान्छे कतिबेला मर्न सक्छ थाहा छैन, ब्रेन ह्यामरेज भएर होस् या गाडी ठोक्किएर जिन्दगी कुनै ठेगान छैन उनले भने। मान्छे मरेपछि इमान्दार र बेइमान नहुने भएकाले बाँचुन्जेल इमान्दार भएर बस्ने उनले बताए। थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय