जुलुस निकाल्दा कोरोनासँग नडराएको सरकार पर्यटक भित्र्याउन आनाकानी गर्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेपालमा कोभिड महामारीको असर करिब एक वर्षसम्म सम्पूर्ण व्यवसायमा पर्‍यो। भाइरसको प्रभाव कमजोर भएसँगै अहिले महामारी अघि झैं व्यापार(व्यवसाय सञ्‍चालन भइरहेको छ।

कोभिड महामारी शुरू भएपछि पर्यटन व्यवसाय सबैभन्दा बढी प्रभावित भयो र अहिलेसम्म ठप्प छ। वाह्य पर्यटककै भरमा टिकेको यो उद्योग महामारीका कारण पर्यटक आगमन शून्य हुँदा नराम्ररी प्रभावित भएको छ। ट्रेकिङ, पर्वतारोहण र अन्य घुमफिर निम्ति नेपाल वाह्य पर्यटकको आकर्षणको केन्द्र हो।

दैनिक हजारौं संख्यामा पर्यटक भित्रिने हवाइ प्रवेश बिन्दु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अचेल भने कूटनीतिक नियोगका विदेशी कर्मचारीबाहेक अन्य उद्देश्यले आएकाबाहेक विदेशीहरू भेटिँदैनन्‌। कोभिड जोखिमका कारण विदेशीलाई अनअराइभल भिसा बन्द गरिएकोले पनि विदेशी नागरिकको आगमनमा लगभग ठप्पप्रायस् छ।

पछिल्लो समय पश्चिमा मुलुकमा कोभिडको संक्रमणदर बढ्दो अवस्थामा रहेकोले पनि पर्यटकहरू विदेश भ्रमणमा स्वतस्फूर्तनिस्कन सकेका छैनन्। नेपाल सरकारले विदेशी नागरिकमा कोभिडको जोखिम रहेकोले सहजै अनअराइभल भिसा दिने व्यवस्था रोकेकाले पर्यटक आउने वातावरण नबनेको हो।

ट्रेकिङ एजेन्सी अफ नेपालका अध्यक्ष खुमप्रसाद सुवेदी स्वास्थ्यको निश्चित मापदण्ड अपनाएर विदेशी नागरिकलाई आउन दिनुपर्ने बताउँछन्। देशको सबैभन्दा महत्त्वपूर्ण व्यवसाय तथा पर्यटन उद्योग धरासायी बनिरहेको बेला नेपाल घुम्न आउन चाहने विदेशी नागरिकलाई स्वतन्त्र रूपमा आउन दिनुपर्ने उनले बताए।

विदेशीलाई कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट देखाएर र खोप लगाएकालाई अनअराइभल भिसा दिनु उनी सरकारलाई सुझाउँछन्‌। घुम्न आउनेलाई क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यकारी नीति पनि हटाउन पनि अनुरोध गरिरहेको उनले बताए।

‘राजनीतिक दलले लाखौं मानिस उतारेर जुलुस प्रदशन गर्दा कोभिड नसर्ने, स्वास्थ्यका सबै मापदण्ड पालना गर्छु भन्दा पनि पर्यटकलाई नेपाल आउन नदिनु भनेको पर्यटन व्यवसायीलाई धराशायी बनाउनु हो,’ उनले थपे।

मुलुकमा व्यवसाय गर्नेले सबैले स्वास्थ्य मापदण्ड अपनाएको उनको दाबी छ। स्वास्थ्यको सम्पूर्ण मापदण्ड प्रवन्ध गरेर पर्यटकलाई निर्वाध रूपमा घुम्न आउन दिनुपर्ने उनले बताए।

मन्त्रीपरिषदको निर्णय कुर्दै मन्त्रालय

नेपाल र छिमेकी मुलुकमा कोभिडको जोखिम घटिनसकेकाले र अन्तरराष्ट्रिय सीमानाका खुला नहुँदासम्म नेपालमा सहजै पर्यटकको आगमन हुन नसक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारी बताउँछन्।

उनले अन्तरराष्ट्रिय मुलुकमा कोभिडको महामारी हटि नसकेकाले अहिले सहजै विदेशीलाई प्रवेश गर्न दिन नसकिने बताए। ुनेपालमा पर्यटक आगमन सहजै हुन दिने वातावरण बनिसकेको छैन,ु अधिकारीले भने,ु मन्त्रीपरिषद्‌ र केन्द्रीय विपद्‌ व्यवस्थापन समिति ९सीसीएमसी० बाट निर्णय हुनुपर्छ।ु

मन्त्रालयको तर्फबाट विदेशी नागरिकलाई सहजै कसरी आगमन गराउन सकिन्छ भनी त्यससम्बन्धी सम्पूर्ण प्रस्ताव मन्त्रीपरिषदको बैठकमा पठाइसकिएको उनले जानकारी दिए।

सीसीएमसी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तरराष्ट्रिय उडान खोल्न र विदेशी नागरिक आउन अनुमति दिनुपर्छ। विदेशी पर्यटक आउने अनुमति दिन मन्त्रिपरिषदले निर्णय गरेमा आफूहरूले सहजै बाटो खुला गरिदिने अधिकारीले बताए।

पर्यटक आगमन नहुँदा केही क्षेत्रमा प्रभाव परेपनि त्यसले अहिलेको समयमा नागरिकको ज्यान ठूलो हो भन्ने कुरालाई बुझ्नुपर्ने उनी सुझाउँछन्‌। नेपालमा कोरोना विरुद्धको खोप प्रयोग अभियान थालिएपनि केही समयसम्म विदेशी नागरिकलाई सहजै प्रवेश गर्न दिन नहुने उनी तर्क गर्छन्‌।

सबैभन्दा बढी भारतीय पर्यटक

सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषण गरेको थियो। विभिन्न मुलुकमा गएर कोभिड ताका तत्कालीन पर्यटन मन्त्रीले प्रचारप्रसार समेत गरेका थिए।

तर, कोभिड महामारीले पर्यटन वर्ष मनाउन नसकिएको नेपाल पर्यटन बोर्डका निर्देशक कविन्द्र भट्ट बताउँछन्। पर्यटकीय स्थलहरूको खोजी र संरक्षणको कार्य भइरहेको उनले जानकारी दिए।

उनका अनुसार विभिन्न मुलुकबाट सो अवधिमा २ लाख ३० हजार ८५ पर्यटक नेपाल भित्रिएका थिए। यसबीचमा भारतीय नागरिक सबैभन्दा धेरै अर्थात ४० हजार ३ सय ३६ जना आएका थिए।थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय