प्रतिनिधिसभा पुनःस्थापनापछि माईजोगमाईमा समेत दीप प्रज्वलन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रोशन काफ्ले,नयाँबजारः प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि माईजोगमाई गाउँपालिकामा समेत दीप प्रज्वलन गरिएको छ । प्रचण्ड–माधव समुहको नेकपाको अगुवाइमा नयाँबजारको रेडपाण्डा चोकमा दीप प्रज्वलन गरेको हो ।

नेकपा माईजोगमाई गाउँ कमिटी अध्यक्ष छिरिङ्ग मोक्तानको अध्यक्षता एवम नेकपा जिल्ला सचिवालय सदस्य तथा १ नम्बर निवाचन क्षेत्र संयोजक टेक बहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य साथै माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राई र सह इन्चार्ज जिल्ला सचिवालय सदस्य तथा माईजोगमाई गाउँपालिका वडा न ५ का अध्यक्ष दाताराम सन्जेलको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य तथा राष्ट्रिययुवा संघ नेपाल प्रदेश कमिटि सदस्य हुकुम थामी राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि अध्यक्ष तथा नेकपा जिल्ला कमिटि सदस्य महेश तिवारी, अनेरास्ववियु नेता धन बहादुर सुवेदी, जिल्ला कार्यलय सदस्य सन्जिव थामी जिल्ला सचिवालय सदस्य रत्न थामी राष्ट्रिय युवा सघ नेपाल जिल्ला कमिटि सदस्य जीवन थामी लगायतको आतिथ्यता रहेको थियो । नेकपा मात्र नभई नेपाली काङ्ग्रेस लगायत अन्य पार्टीका १५० भन्दा बढि कार्यकर्ताहरुको दीप प्रज्वलनमा सहभागिता रहेको थियो । कार्यक्रमका बक्ताहरुले अदालतले जनताको फैसला गरेको न्यायलाई मर्न नदिएको साथै सत्यको बिजय भएको बताए । नेकपा माईजोगमाई गाउपालिका सचिवालय सदस्य अम्बर थामीले स्वागत र गाउँ कमिटी सचीव देविभक्त शिवाकोटीले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय