इलाम,प्रदेश १ कै पहिलो सामुदायिक रेडियो सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा रहेको सोलु एफएममा भएको आगजनीको प्रेस संगठन प्रदेश १ कमिटीले छानविनको माग राखेको छ । संगठनका प्रदेश सचिव सुजन तिमसिनाले विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य छानविन र आगजनीबाट कारण बन्द हुने अवस्थामा पुगेको रेडियोलाई राहत उपलब्ध गराई पुनः सञ्चालनको वातावरणमा सहयोग गर्न सरकारसँग माग राखेका छन् ।
योङ्ग स्टार क्लबले सञ्चालन गरेको सामुदायिक रेडियोमा आइतबार राती करिब साढे १२ बजे आगलागी भएको थियो । हिमाली जिल्ला सोलुखुम्बुमा १ हजार वाट क्षमतासहित सञ्चालनमा रहेको एफएममा भएको आगजानीको कारण करिब १ करोड बराबरको क्षति भएको व्यवस्थापन पक्षले जानकारी दिएको छ ।



आगजानीबाट रेडियो बन्द हुँदा त्यहाँ पूर्णकालिन रुपमा कार्यरत १४ जना श्रमजीवी पत्रकार एवं सञ्चारकर्मी प्रभावित भएका छन् । संगठनले हिमाली क्षेत्रका सुचनाको सम्बाहक सोलु एफएम संचालन निम्ति सामुदायिक रेडियो सोलु एफएम नाममा राष्ट्रिय बाणिज्य बैंक सल्लेरी शाखाको रहेको खाता नम्बर २०२०१००००१२५५००१ मा यथासक्य सहयोग रकम जम्मा गरिदिन सदस्यहरुलाई अपिल गरेको छ ।